![](https://internal.appharu.com/wp-content/uploads/2023/05/1200px-Pashupatinath_Temple-2020-768x413.jpg)
काठमाडौं । पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
सीसी क्यामेराबाट उनीहरुको चोरी पत्ता लागेको अधिकारीले बताए ।
‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा सीसी क्यामेरामा हेर्दा देखिएपछि कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ’ उनले भने ।
परियार पशुपतिमा बाजा बजोउने कर्मचारी हुन् । पक्राउ परेका परियारले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीको भनाइ छ ।
SHARE YOUR THOUGHTS