काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग नगद ६ करोड ४५ लाख ५४ हजार रुपैयाँ रहेको पाइएको छ ।
मंगलबार सार्वजनिक गरेको सम्पति विवरणअनुसार काठमाडौंको टोखा निवासी श्रेष्ठसँग १ करोड १५ लाख र ३७ लाख पारिश्रमिक वापतको रकम रहेको उनले उल्लेख गरेकी छन् । बाँकी रकम विहेको सयमा श्रीमानको परिबारबाट प्राप्त भएको उनले उल्लेख उल्लेख गरेकी छन् ।
यसबाहेक श्रेष्ठले आफ्नो पारिश्रमिक रकमबाट काभ्रेको रियाले बिहावरमा ९ लाख ९५ हजार रुपैयाँमा ८ रोपनी ६ आना ३० दाम जग्गा खरिद गरेको सम्पति विवरणमा उल्लेख छ ।
श्रेष्ठसँग ११ तोलाको सुनको गरगहना छ । विहेमा उपहारमा १० तोलाको सुनको गरगहना प्राप्त भएको र बाँकी १ तोला हजुरआमाको शेषपछि प्राप्त भएको उल्लेख गरिएको छ । यस्तै उनीसँग १०० तोलको चाँदीको गहना पनि छ । यो गहनापनि बिहेको समयमा उपहारमा प्राप्त भएको छ ।
उनीसँग बिहेको समयमा उपहारमा प्राप्त भएको १ सेट हिराको सेट र हजुर आमाको शेषपछि हिराको टप एक सेट प्राप्त भएको उल्लेख गरेकी छन् ।
यसैगरी उनीसँग नबिल बैंकमा ७४९ कित्ता शेयर छ । यस्तै विभिन्न ३ वटा निजी कम्पनीमा शेयर पनि छ । सवारी साधनको नाममा २० लाख पर्ने १ थान चारपाग्रे र १ लाख ८५ हजार मूल्य पर्ने १ थान स्कुटर रहेको सम्पति विवरणमा उनले उल्लेख गरेकी छन् ।
SHARE YOUR THOUGHTS