वन मन्त्रीको सम्पत्ति १२ बाेरकाे राइफल, ५६ लाख नगद र १५८ ताेला सुन « Eglish Khabarhub

वन मन्त्रीको सम्पत्ति १२ बाेरकाे राइफल, ५६ लाख नगद र १५८ ताेला सुन



काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्तिमा बन्दुक (१२ बोर) राइफल रहेको उल्लेख छ । सुडीले आफ्नो सम्पत्तिको अन्य विवरणमा उक्त हतियार आफूसँग रहेको उल्लेख गरेका छन् ।


सुडीको विभिन्न १२ वटा खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन् । उनीसँग १५८ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको उल्लेख छ ।

उनको १५ स्थानमा ५ विघाभन्दा बढी जग्गा रहेको छ । सुडीको सप्तरीका विभिन्न स्थानमा ९ वटा घर रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विरणमा उल्लेख छ

Publish on: