कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिलको कार्यालय धनुषा पुर्याएको छ ।
मंगलबार काठमाडौंमा पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको थयो । सिरोहिया लाई धनुषा ल्याइएपछि उनी पक्राउको बिरोधमा नागरिक समाज धनुषासहित संघ संस्थाले नाराबाजीसहितमा प्रदर्शन गरेका छन् ।
सिरोहियालाई पक्राउ गरेको बिरोध उद्योग वाणिज्य संघ र नेविसंघका कार्यकर्ताले जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरे ।
सिरोहिया समर्थनमा आएकाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत प्रवेश गर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको थियो।
SHARE YOUR THOUGHTS