![](https://internal.appharu.com/wp-content/uploads/2024/05/banner-pu-scaled-1.jpg)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका निकायहरूको पूर्ण स्वामित्वमा १ करोड ३१ लाख ३७ हजार वर्गमिटर जग्गा रहेको छ ।
महालेखा परीक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवदेनका अनुसार जसमध्ये भोगाधिकार ९ लाख ९९ हजार वर्गमिटर र अन्य ६ लाख ५३ हजार वर्ग मिटर समेत १ करोड ४७ लाख ८९ हजार वर्गमिटर (१ हजार ४७९ हेक्टर) जग्गा रहेको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरको ११३ रोपनी जग्गा मध्ये १ विद्यालयले, बागमती नदी किनाराको २६ रोपनी जग्गा विभिन्न ३ संस्थाले प्रयोग गरेकोमा विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै पोखरा विश्वविद्यालयको ६२५ रोपनीभन्दा बढी जग्गा सुकुम्बासीबाट अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विश्वविद्यालयले सम्पत्तिको केन्द्रीय लगत राखि सम्बन्धित निकायसँग समन्वय गरी अतिक्रमित जग्गाको उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको प्रतिवदेनमा सुझाव दिइएको छ ।
SHARE YOUR THOUGHTS