![](https://internal.appharu.com/wp-content/uploads/2023/08/Gadi_car-768x396.jpg)
काठमाडौं । स्थानीय तहले सवारी साधन र मर्मत खर्च पनि आफूखुशी गर्दै आएको पाइएको छ ।
महालेखा परीक्षक कार्यालयले ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो औंल्याएको हो । प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा २०५ स्थानीय तहले आफूखुशी ४ अर्ब रुपैयाँ बराबरको सवारी साधन खरिद गरेका हुन् ।
७५ स्थानीय तहकले ३ अर्ब ६६ करोड ७१ लाख २० हजार रुपैयाँबराबरको चार पाँग्रे सवारी साधन र १३० स्थानीय तहकले २० करोड ७२ लाख ३८ हजार रुपैयाँबराबरको दुई पांग्रे सवारी साधन खरिद गरेका थिए ।
यसवाहेक २६२ स्थानीय तहले सवारी साधन मर्मततर्फ ७३ करोड ६७ लाख ९ हजार र ३२७ स्थानीय तहले इन्धनमा १ अर्ब ५६ करोड ६९ लाख ८ हजार गरी २ अर्ब ३० करोड ३६ लाख १७ हजार रुपैयाँ खर्च गरेका हुन् ।
SHARE YOUR THOUGHTS