२९ मंसिर २०८२, आइतबार

स्वीकृत वेगर १९३ स्थानीय तहबाट १८ करोडको सफ्टवेयर खरिद, अधिकांश प्रयोगविहीन


काठमाडौं । स्थानीय तहले कानुनको धज्जी उडाउँदै आफू खुशी कार्यालय प्रयोजनका लागि सफ्टवेयर खरिद गरेको पाइएको छ।

गत वर्ष १९३ स्थानीय तहले सूचना प्रविधि विभागबाट स्वीकृत बेगर १८ करोड ६० लाख ६ हजारको सफ्टवेयर खरिद गरेका थिए।

यसमध्ये २९ स्थानीय तहले खरिद गरेको ३ करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको सफ्टवेयर प्रयोगमा ल्याएका छैनन् ।

सूचना प्रविधि प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७१ अनुसार कुनै कार्यालयले वा निकायले आफ्नो कार्य विद्युतीय माध्यमबाट सञ्चालन गर्नका लागि प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको निर्माण गर्दा त्यस्तो प्रणालीसम्बन्धी कागजात तयार गर्दा मानक अनुरुप भए नभएको बिषयमा निर्धारण गर्न सूचना प्रविधि विभागबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।