![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-6.jpg)
काठमाडौं । न्युरोडको सडकलाई घटाएर फुटपाथ विस्ता गर्न लागिएको बिरोधमा स्थानीयले प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगरपालिकाले मूल सडक साँघुरो बनाएर पैदलमार्ग चौडा गर्नका लागि काम गरिरहँदा स्थानीय आन्दोलित बनेका हुन् ।
काठमाडौं महानगरपालिकाको योजना ठिक नभएको भन्दै उनीहरुले मानव साङ्लो बनाएर बिरोध प्रदर्शन गरे । सडक सानो बनाएर फुटपाथ बढाउँदा कस्तो हुन्छ भनेर देखाउन खोजेको स्थानीयले बताए । स्थानीयहरुले सडकको दुवै तर्फबाट मानव साङ्लो बनाएर करिब एक घण्टा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले क्रममा ऐतिहासिक सडक भत्काउँन पाइँदैन भन्ने नारा लगाएका थिए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-5.jpg)
भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले आइतबार काठमाडौं महानगरले न्युरोडमा कानुनविपरित काम गरिरहेको बताएका थिए ।
महानगरपालिकाले यसअघि न्यु्रोडबाट पार्किङ हटाएको थियो भने अहिले सडक घटाएर फुटपाथ बढाइरहेको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-4.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-3.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-2.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-9.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-1.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-8.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/new-road-Birod-7.jpg)
SHARE YOUR THOUGHTS