
अमेरिका । आइसीसी टी २० विश्वकप क्रिकेटमा आज नेदरल्याण्डसँगको खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।
१० वर्षपछि विश्वकपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टि २० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दै छ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।
पूजाआजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपालले राम्रो तयारी गरेको बताए ।
वेस्टइण्डिज र अमेरिकामा गरी करिब एक महिना नेपाली टोलीले तयारी गरेको भन्दै सुखद् नतिजा निकाल्नेमा आशावादी भएको बताए ।
SHARE YOUR THOUGHTS