
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएका छन् ।
भारतीय लोकसभा निर्वाचनको मतपरिणाम अनुसार मोदी निर्वाचन क्षेत्र नम्बर ७७ उत्तरप्रदेशको वाराणशीबाट निर्वाचित भएका हुन् ।
मोदीले ६ लाख १२ हजार ९७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी भारतीय कंग्रेसका अजय रायले ४ लाख ६० हजार ४५७ मत पाए । उनीहरुबीचको मतअन्तर १ लाख ५२ हजार ५१३ रहेको छ ।
मोदीले सन् २०१९ को निर्वाचनमा पाएको भन्दा यो कम हो । उनले ६ लाख ७४ हजार ४६४ भोट पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीकी शालिनी यादवभन्दा ४ लाख ८० हजार मत बढी थियो ।
SHARE YOUR THOUGHTS