
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँपुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
छापावाला सुन बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला १ लाख ४१ हजार ५ सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज १ लाख ४३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको मूल्य आज १८ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला १८ सय २५ रुपैयाँ रहेको थियो ।
SHARE YOUR THOUGHTS