रविविरुद्धको मुद्दामा ‘मिसिल कागज झिकाउन’ सर्वोच्चको आदेश « Eglish Khabarhub

रविविरुद्धको मुद्दामा ‘मिसिल कागज झिकाउन’ सर्वोच्चको आदेश



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले ‘मिसिल कागज झिकाउन’ आदेश दिएको छ।

लामिछानलाई पदबाट निलम्बन गर्नुपर्ने मागसहित दायर भएको रिट निवेदनमा सोमवार जिल्ला अदालत रूपन्देहीबाट सहकारी ठगीबारे जीबी राईसहित विभिन्न व्यक्तिविरुद्ध दायर मुद्दाको ‘मिसिल कागज झिकाउन’ आदेश दिएको हो ।

‘यसमा कृष्णप्रसाद खरेल समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गितेन्द्र बाबु राई (जीबी राई) समेत भएको सहकारी ठगीको मुद्दा नं. ०८०-०१-०९८७ नं. को मुद्दाको मिसिल रूपन्देही जिल्ला अदालतबाट झिकाई पूर्वआदेशानुसार अग्राधिकार दिई मिति २०८१/०३/०४ को पेसी तोकी नियमानुसार पेस गर्नुहोला’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सहकारी ठगीबारे लामिछानेविरुद्ध कतै पनि उजुरी नपरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो ।

Publish on: