![](https://internal.appharu.com/wp-content/uploads/2018/11/Bhansar-custom.jpg)
काठमाडौं । अबदेखि आयातित वस्तुको बिल काट्दा व्यवसायीहरुले ‘एचएस कोड’ अनिवार्य उल्लेख गर्नु पर्ने भएको छ ।
हार्मोनिक कोडको छोटो रुप एएचएएस कोड हो । भन्सारले हरेक वस्तुलाई एउटा कोड दिएको हुन्छ । आयात गर्ने क्रममा भन्सारले वस्तुभन्दा पनि कोड चिन्छ । र, कोडकै आधारमा भन्सार कार्यालयले भन्सार महसुल, अन्तःशुल्क आदि कर उठाउँछ।
एचएस कोड ४ देखि १० अंकको हुन्छ । नेपालमा ८ अंकको एचएस कोड प्रयोग गरिन्छ । यो कोडको सुरुको दुई अंकले वस्तुको प्रकार (भाग) चिनाउँछ । र, त्यसपछिका अंकले क्रमशः वस्तुलाई विशेषता र गुणअनुसार छुट्याउँछ । नेपाल प्रयोग हुने ८ अंकमध्ये पछिल्लो दुई अंकको खासै अर्थ छैन ।
अबदेखि व्यवसायीले बिल काट्दा बेचेको वस्तुको एचएस कोड कति हो भन्ने पनि बिलमै उल्लेख गर्नुपर्ने भएको हो ।
सरकारले मूल्य अभिवृद्धि नियमावलीमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । गत वर्ष सरकारले आयातित वस्तुमा आयातकर्ता तथा डिस्ट्र्ब्यिुटरको पूर्ण विवरणसहितको लेबल राख्नुपर्ने व्यवस्था गरेको थियो ।
आयातीत वस्तुमा गरिएको कडाइलाई थप्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/image-19-768x177.png)
SHARE YOUR THOUGHTS