मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइसीसी टी-२० विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टीम


आइसीसी टी-२० विश्वकप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । अमेरिका र वेष्ट इन्डिजमा जारी खेलमा सहभागी भएको टोली स्वदेश फर्किएको हो ।

क्रिकेट टिम दुईवटा समूह बनाएर नेपाल फर्किएको हो। एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने अर्को समूह बिहान १० बजे विमानस्थलमा अवतरण गरेको हो ।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो । नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन ।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो।नेपाल इतिहासमा नै दोस्रो पटक टी-२० विश्वकपमा सहभागी बनेको थियो ।