![](https://internal.appharu.com/wp-content/uploads/2024/07/sarad-and-biraj-bhakta.png)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले अन्य साना दलहरुलाई पनि सरकारमा सहभागी गरेका छन् ।
ओलीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट शरदसिंह भण्डारीलाई मन्त्री बनाएका छन् । उनले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी यसअघि पनि सोही मन्त्रालयमा थिए ।
एमाले-माओवादी-रास्वपा गठबन्धन भएपछि भण्डारी सरकारबाट बाहिरिएका थिए । भण्डारी बाहिरिए पनि उनका ज्वाइँ प्रचण्ड सरकारमा मन्त्री बनेका थिए ।
रास्वपाका तर्फबाट बिराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका थिए । शरद सिंहकी छोरी श्रृष्टिसिह भण्डारीसँग श्रेष्ठले विवाह गरेका थिए ।
भण्डारी भने दर्जनपटक मन्त्री बनिसकेका छन् ।
SHARE YOUR THOUGHTS