मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने


धनुषा । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए ।

‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।’ मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।