सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ « Eglish Khabarhub

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ


९ श्रावण २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

‘जहाज उडान योग्य छ भनेर प्रमाणित गर्ने व्यक्ति नै बसेकाले आफैं उड्ने जहाजको मर्मतमा कजोरी गरेका थिए भनेर भन्न त मिल्दैन । तर, जहाज उड्नासाथ दायाँ बायाँ गर्दा विमानस्थल भित्रकै क्षेत्रमा खस्नुलाई भने शंकाको दृष्टिले पक्कै हेर्नुपर्छ ।’

काठमाडौं । सौर्य एयरलान्यसको बुधबार बिहान भएको दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छोडेको २२ सेकेण्डभित्रै जहाज दुर्घटना परेको पाइएको छ । विमानस्थलबाट ११:११ मा उडेको सौर्य एयरको ९एन एएमई कलसाइनको ५० सिट क्षमता भएको सीआरजे २०० जहाज दुर्घटनामा परको हो ।

यो जहाज त्रिभुवन विमनस्थलबाट उड्दै कुनै समस्या नभएको भनेर उडानयोग्य प्रमाणि गरेर सोही जहाजमा सौर्यका एयरक्राफ्ट इन्जिनियर थिए । उक्त जहाज इन्जिन बाहेक नियमित रुपमा गरिने सबै मर्मत (सीचेक) लागि पोखरा उडेको थियो ।

यसको काठमाडौंमा जहाज मर्मत गर्ने ह्यांगर नभएकोले पोखरा जान लागेको हो । पोखारमा भएको ह्यांगरमा राखेर जहाजको सम्पूर्ण मर्मत गर्नकै लागि प्राविधिक कर्मचारी मात्रै राखेर पोखरा जाँदै गरेको थियो ।

यो जहाज उडेको २२ सेकेण्डभित्रै जमिनमा बजारिनुलाई सार्प टर्नसँगै डिस्ब्यालेन्स हुँदा बजारिन पुगेको अनुमान गरिएको छ । विभिन्न हवाई दुर्घटना जाँच आयोगमा बसेर काम गरिरसकेको एक हवाई विज्ञका अनुसार जहाज उड्ने वित्तिकै अनियन्त्रित हुनु र चालकले नियन्त्रणमा लिन नसक्नुले पनि सार्प टर्न भएकै अनुमान गर्न सकिन्छ । यो जहाज उड्नासाथै खस्नुले मेन्टेनेन्स इरर हुँदा फ्लाइटमा त्यसको प्रभाव परेको हुनसक्छ ।

ती हवाई विज्ञले भने ‘जहजमै कर्मचारीसहित जहाज उडान योग्य छ भनेर प्रमाणित गर्ने व्यक्ति नै बसेकोले आफैं उड्ने जहाजको मर्मतमा कजोरी गरेका थिए भनेर भन्न त मिल्दैन । तर, जहाज उड्नासाथ दायाँ बायाँ गर्दा विमानस्थल भित्रकै क्षेत्रमा खस्नुलाई भने शंकाको दृष्टिले पक्कै हेरिनुपर्छ ।’

यो जहाज दुर्घटना पर्नुको कारणको विषयमा भने क्याप्टेन नै सकुशल भएकोले छानविन समितिले गर्ने ब्याकबक्समा भएको भ्याइस रेकर्ड र क्याप्टेनले दिने जानकारीबाट थप सहज हुन्छ । अहिले प्रारम्भिक रुपमा अनुमान गर्ने भन्दा पनि दुर्घटनाको यकिन कारणको विषयमा भने जहाज दुर्घटना जाँज आयोगकै प्रतिवेदनले औल्याउने पनि ति हवाई विज्ञले बताए ।

हवाई विज्ञ नगेन्द्र घिमिरे पनि पावरफुल जेट इन्जिन भएको जहाज एकैपटम भुइमा बजारिनुलाई प्राविधिक त्रुटि भएको हुनसक्ने अनुमान लगाउँछन् । उनले पनि उक्त जहाज दुर्घटनाको विषयमा भने अध्ययनविना अहिले नै धरै कुरा बोल्नु उचिन नहुने तर्क गरे । जहाजको ब्ल्याकबक्स अध्ययन गरेरपछि मात्रै यकिन कारण पत्ता लाग्ने बुझाइ उनको छ । यसका लागि अहिले नै धेरै हतार गरेर बोल्नुभन्दा पनि अब दुर्घटना हुनु भइसकेको र क्षति हुनु भइसकेकोले केही समय धैर्य गर्नुपर्ने तर्क गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डे पनि जहाज टेकअफ भएपछि भएको अनियन्त्रित उडानले कहिले दायाँ त कहिले बाँयाँ गरेको दुर्र्घटनापछि सार्वजनिक भएका भिडियोहरुमै देख्न सकिने बताउँछन् ।

उक्त जहाजमा सौर्य एयरलान्इसकै उच्च व्यवस्थापनका ४ जना कर्मचारीको मृत्यु भएको छ । दुर्घटनमा कोपाइलट शुसान्त कटुवाल र सौर्यका कर्मचारीसहित १९ जनाको ज्यान गएको छ ।

जहाज दुर्घटना अगाडिड टावरसँग क्याप्टेनको कुनै कुराकानी नभएको र इमजेन्सी समेत नमागेको कारण जहाज डिस्ब्यालेन्सबाटै एकैपटक भुइँमा बजारिएको प्रारम्भिक अनुमान लगाउन सकिने पनि उड्डयन प्राधिकरणकै कर्मचारी बताउँछन्।

जहाज दुर्घटनामा कुनै एउटा कारण मात्रै हुँदैन । कम्पनीले गर्ने सानो गल्ती, कर्मचारी, पाइलट, उडान पूर्वको अवस्था, मौसमसहितको कारण जोडिने गरेको छ । काठमाडौं विमानस्थलमा मौसम खुला भएको र कुनै अवरोध नभएको तथा एटीसीसँगको सम्वाद पनि उल्लेख्न नभएको विषयबाट भएको दुर्घटना भने छानविन समितिले औंल्याउने कारणलाई नै पर्खनुपर्ने पनि ती हवाई विज्ञले बताए ।

सम्बन्धित समाचार

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ००:००  ६ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping