सौर्य एयर दुर्घटना: मृतकमध्ये तीनजना विराटनगरका « Eglish Khabarhub

सौर्य एयर दुर्घटना: मृतकमध्ये तीनजना विराटनगरका


९ श्रावण २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

विराटनगर । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बुधबार पोखराका लागि उडेको सौर्य एयरको सिआरजे ७ जहाज दुर्घटनामा मृत्यु भएका १८ मध्ये तीन जना विराटनगरवासी भएको पुष्टि भएको छ ।

मृत्यु भएका मध्ये जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफटी चिफ) सागर आचार्य विराटनगरवासी हुन् ।

सुशान्त विराटनगर ३ आयल निगम पूर्वको उदय मार्गका बासिन्दा हुन् । परिवारका एक्ला सन्तान उनी केही वर्षदेखि विराटनगरको घर भाडामा लगाएर काठमाडौंमा बस्दै आएका छन् । छोरो कोपाइलट बनेपछि बुवाआमा काठमाडौं आएका थिए ।

‘केही वर्षदेखि उहाँहरु यहाँको घर भाडामा लगाएर काठमाडौंमा बस्दै आउनु भएको छ’ विराटनगरस्थित सुशान्तका छिमेकी हरि आपागाईले भने ।

सुशान्तको घर

कटुवाल पूर्वशिक्षा अधिकारी ओमवहादुर कटुवालका एक्ला सन्तान हुन् । ‘पाइलट बन्ने र काठमाडौंमा घर बनाएर बिहे गर्छु भन्थे,’ आपागाईले भने ।

स्थानीय विराट राइन्स क्याम्पमा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेका सुशान्त पाइलट पढ्न जानुअघि पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर पुष्पलाल चोकस्थित जनता क्याम्पसमा व्याचलर इन सोसल वर्क (विएसडब्लु) पढ्न भर्ना भएका थिए ।

क्याम्पसका प्राध्यापक रमेश काफ्लेले भने,’ पहिलो सेमेष्टर अध्ययन सकेपछि पाइलट पढ्न उनी हिँडेका थिए ।’

त्यस्तै विमान दुर्घटनामा ज्यान गुमाएका इन्जिनियर अश्विन विराटनगर १ पानी टंयाङकीस्थित भूपालमानसिंह मार्गका बासिन्दा हुन् । उनी नाताले सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भान्जा भएको बताइएको छ ।

निरौलाको घर

उनी पनि परिवारका एक्ला छोरा भएको उनका छिमेकी सीता लुइटेलले जानकारी दिइन् । उनी तिर्थ निरौलाका छोरा हुन् । उनकी दिदी अष्ट्रेलियामा छिन् ।

बुवा तिर्थ र आमा यतिबेला पारिवारिक भेटघाटमा अष्ट्रेलिया गएको लुइटेलले बताइन् ।

अश्विन विवाहित हुन् । उनीहरु काठमाडौंमा बस्दै आएका छन् । विराटनगरमा रहेको उनको घरमा पनि अहिले ताला लागेको छ।

त्यसैगरी विमान दुर्घटनामा ज्यान गुमाएका सेफटी चिफ सागर पनि विराटनगरवासी हुन् । उनी विराटनगर ८ मधुमारका वासिन्दा हुन् ।

करिब डेढ वर्षपहिला काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान दुर्घटनामा विराटनगर-५ निवासी कोपाइलट अन्जु खतिवडाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ००:००  ७ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping