
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्नेगरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले निजी क्षेत्रको अनुगमन र निरीक्षण अख्तियार र सतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताए ।
अहिले बैंक तथा वित्तीय संस्थामा प्रसस्त इक्विडिटी रहेको भन्दै उनले निजी क्षेत्रका कारण रेमिट्यान्सहरु बढेको र विदेशी मुद्रा सञ्चिति पनि बढेको बताए । यस्तै मौद्रिक नीतिपछि सेयर बजार बढिरहेको र घरजग्गाको कारोबार बढेको पनि उनको भनाइ थियो । अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
अध्यक्ष ढकालले भने, ‘अख्तियार र सतर्कता केन्द्र सम्बन्धी विषयमा निजी क्षेत्रलाई पनि हेर्नुपर्छ भन्ने हिसावले राखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ । भोलि अख्तियारको दायरामा सिधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्टर बैंकको रेगुलेटरको भूमिका नियन्त्रण हुन्छ । निजी क्षेत्रलाई फेरि उसमा गराउन खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ । कर बढाउनुपर्ने कुरा जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ ।’
आर्थिक गतिविधि हाल सकारात्मक हिसावले अघि बढिरहेकोमा यसलाई दिगो बनाउने गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो । यस क्रममा उनले सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिनसके अन्य अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने पनि उनले बताए । तर सीमाको कडाई गर्नुपर्ने कुरामा सरकारले बढी प्राथमिकता दिनुपर्ने ढकालको भनाइ थियो ।
SHARE YOUR THOUGHTS