यी हुन् ९६० मध्ये ६०० मेगावाट सोलार ऊर्जाको टेन्डर पार्ने व्यवसायी « Eglish Khabarhub

यी हुन् ९६० मध्ये ६०० मेगावाट सोलार ऊर्जाको टेन्डर पार्ने व्यवसायी


२३ मंसिर २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलार ऊर्जा (सौर्य ऊर्जा) विकासका लागि निकालेको बिडमा ६ व्यवसायीका दर्जन बढी कम्पनीले ६२ प्रतिशत टेन्डर पाएका छन् । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा निकालेको बोलकबोलमा ९६० मेगावाटमध्ये ६०० मेगावाट ५ व्यवसायीका कम्पनीले पाएका हुन् ।

धेरै बोलकबोल स्वतन्त्र ऊर्जा उत्पादक (इप्पान)का उपाध्यक्ष उत्तम भ्लोन लामाका कम्पनीहरुले पाएका छन् । लामाका ४ कम्पनीले २३० मेगावाटको बोलकबोल पाएको हुन् ।  लामाका कम्पनी माउन्टेन-दोर्दीको कन्सोर्टियम र ग्यापर्ट-राप्ती कन्सोर्टियमले पाएका छन् ।

त्यस्तै, व्यवसायी पवन गोल्यानका गोल्यान पावर र पियोर इनर्जीले १०० मेगावाटको बिड पाएका छन्  । सोलार फार्म लिमिटेडले ९० मेगावाटको जिम्मा पाएको छ । यो सोलार फार्म लिमिटेडको अध्यक्ष मोहन गुरुङ हुन् । गो ग्रीन इनर्जी प्रालिले ८० मेगावाट पाएको छ । नवलपरासीमा ५० मेगावाट र दाङमा ३० मेगावाट पाएको हो ।  राप्ती ऊर्जा प्रालिले रोल्पामा ५० मेगावाटको सोलारको बिड पाएको छ ।

प्राधिकरणले कार्तिक २७ गते सूचना जारी गरेको भए पनि कम्पनीहरुलाई आशयपत्र भने दिइसकेको छैन । आशयपत्र पाएपछि कम्पनीहरुले विद्युत् विकास विभागबाट सर्वे लाइसेन्स लिनेछन् । सर्भेको काम सकेपछि उनीहरुले कन्स्ट्रक्सन लाइसेन्स लिन्छन् । प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजना विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्झौता गर्ने तयारी छ।

१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ। १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले विद्युत खरिद बिक्री  (पीपीए) भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ।

प्राधिकरणले २२० केभी, १३२ केभी र ३३ केभी प्रसारणलाइन वरिपरिबाट सोलारका आयोजनाको बिजुली खरिद गर्न लागेको हो। तत्कालीन ऊर्जामन्त्री तथा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतको संयोजकत्वमा बसेको ९६३औं बैठकले सोलारका आयोजनासँग पीपीए गर्ने निर्णय गरेको थियो ।

यी परियोजनाहरुका लागि कम्पनीहरुले जग्गा खरिद गर्नेछ । ऊर्जा मन्त्रालयले गरेको एक अध्ययनका अनुसार  सोलारको प्रतिमेगावाट लागत औसत ८ करोड रुपैयाँ छ । तर पछिल्लो समय टेक्नोलोजी सस्तो भएकाले औसत लागत ५ करोड रुपैयाँ लाग्छ । दिनप्रतिदिन प्रविधिको विकास कारणले सोलारको लागत घटिरहेको छ । केहि वर्ष पहिले नेपालमा सोलारको लागत प्रतिमेगावाट २० करोड रुपैयाँसम्म थियो । यो जग्गा बाहेकको लागत हो ।

लामाका दुई जेभी कम्पनीले पाए २३० मेगावाट

प्राधिकरणले सोलार इनर्जी (सौर्य) ऊर्जा परियोजनाका लागि निकालेको ठेक्का सबैभन्दा धेरै उत्तम भ्लोन लामाका कम्पनीले पाएका छन् । लामाका दुई कम्पनीले २३० मेगावाटका आयोजना पाएका छन् ।  कुल ९६० मेगावाटमध्ये  करिब २४ प्रतिशत ठेक्का लामाकै विभिन्न कम्पनीले पाएका हुन् । प्राधिकरणले निकालेको ठेक्कामा उनका सबै कम्पनीले ५ रुपैयाँ ४९ पैसामा बिड गरेका कारण पाएको हो ।  ५ रुपैयाँ ५४ पैसाभन्दा तल बिड गर्ने सबै कम्पनीहरुले ठेक्का पाएका छन् ।

प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि गत चैत २२ गते खुलाएको टेण्डरको गत कात्तिक २६ गते छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो । लामाका कम्पनी माउन्टेन-दोर्दीको कन्सोर्टियम र ग्यापर्ट-राप्ती कन्सोर्टियमले पाएका छन् । चारवटै उनले नेतृत्व गरेका कम्पनी हुन् ।

लामाका कम्पनीहरुले नवलपरासी, तनहुँ, गुल्मी, अर्घाखाँची, बागलुङ, कपिलवस्तु, बर्दिया, पर्वत, दाङलगायतका जिल्लाहरुमा सोलार परियोजनाको बिड पाएका छन् ।

लामाका चार कम्पनीले सबैभन्दा ठूलो २५ मेगावाटको परियोजना पाएका छन् । माउन्टेन-दोर्दी  कन्सोर्टियमले बनाउने यो परियोजना नवलपरासीमा निर्माण हुनेछ ।

लामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष हुन् । इप्पानबाट उनले धितोपत्र बजार सम्बन्धी नीति हेर्ने जिम्मेवारी पाएका छन् । एनएमबि बैंक र सीईडीबीई हाइड्रो फण्ड लिमिटेडको सञ्चालक हुन् । यसअघि एनएमबि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष समेत भइसकेका छन् ।

क्रसकम्पनीआयोजना बन्ने जिल्लाक्षमता (मेगावाट)महसुल (रुपैयाँमा)
माउन्टेन-दोर्दी  कन्सोर्टियमनवलपरासी२५५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमतनहुँ२०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमगुल्मी२०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमअर्घखाँची२०५.४९
माउन्टेन-दोर्दी कन्सोर्टियमबागलुङ२०५.४९
माउन्टेन/दोर्दी कन्सोर्टियमपर्वत२०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमकपिलवस्तु१०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमबर्दिया१०५.४९
ग्यापर्ट -राप्ती कन्सोर्टियमदाङ१०५.४९
१०ग्यापर्ट -राप्ती कन्सोर्टियमबर्दिया१०५.४९
११ग्यापर्ट -राप्ती कन्सोर्टियमबाँके१०५.४९
१२ग्यापर्ट -राप्ती कन्सोर्टियमकपिलबस्तु१०५.४९
१३माउन्टेन-दोर्दीकपिलवस्तु१०५.४९
१४माउन्टेन-दोर्दीकपिलवस्तु१०५.४९
१५माउन्टेन-दोर्दीबाँके१०५.४९
१६माउन्टेन-दोर्दीबर्दिया१०५.४९
१७ग्यापर्ट -राप्ती कन्सोर्टियमकपिलवस्तु५.४९
  जम्मा२३० 

पवन गोल्यानका कम्पनीले पाए १०० मेगावाट

उद्योगी पवन गोल्यानको गोल्यान पावर र पियोर इनर्जीको संयुक्त उपक्रम कम्पनी (जेभी)ले पाँचवटा आयोजनाको पीपीए भएको छ । कैलालीमा १५ मेगावाट, नेपालगंजमा ३० मेगावाट, बर्दियामा २५ मेगावाट, नवलपरासीमा १५ र परासी १५ मेगावाटको पीपीए भएको छ ।

पवन गोल्यान ग्रुपका अध्यक्ष हुन् । गोल्यान एनएमबि बैंकका पूर्वअध्यक्ष समेत भइसकेको छन् । उनी बैंक तथा वित्तीय संस्थाहरुका सन्चालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघका पूर्वअध्यक्ष हुन् । गोल्यानले हाइड्रोपावर, होटल र कृषि क्षेत्रमा लगानी बढाइरहेका छन् ।

क्रसकम्पनी आयोजना बन्ने जिल्ला क्षमता (मेगावाट)महसुल दर
गोल्यान पावर- पियोर इनर्जी जेभीकैलाली१५५.३८
गोल्यान पावर- पियोर इनर्जी जेभीनेपालगंज३०५.३८
गोल्यान पावर- पियोर इनर्जी जेभीबर्दिया२५५.४२
गोल्यान पावर- पियोर इनर्जी जेभीनवलपरासी१५५.४२
गोल्यान पावर- पियोर इनर्जी जेभीपरासी१५५.५१
 जम्मा१०० 

सोलार फार्मले पायो ९० मेगावाट

सोलार फार्म लिमिटेडले ९० मेगावाटको जिम्मा पाएको छ । सोलार फार्ममा डोल्मा इम्प्याक्ट फण्डको लगानी रहेको छ । यो सोलार फार्म लिमिटेडको अध्यक्ष मोहन गुरुङ हुन् ।

कम्पनीमा कुशल गुरुङ, एलएन पाण्डे, शंकरजंग गुरुङ, विद्यावारिधी सिग्देल, शब्द ज्ञवाली र आश्विनबाबु श्रेष्ठ डारेक्टर छन् । विद्यावारिधी सिग्देल र शब्द ज्ञवाली दुवैले डोल्मा इम्प्याक्ट फण्डको प्रतिनिधित्व गर्छन् ।

क्रसकम्पनी आयोजना बन्ने जिल्ला क्षमता (मेगावाट)महसुल दर (रुपैयाँ)
सोलार फार्म लिमिटेडरुपन्देही४०५.५०
सोलार फार्म लिमिटेडकपिलवस्तु३०५.५०
सोलार फार्म लिमिटेडकपिलवस्तु२०५.५०
  जम्मा९० 

गो ग्रीन

व्यावसायिक घराना रमेश कर्पको गो ग्रीन इनर्जी प्रालिले ८० मेगावाट पाएको छ । नवलपरासीमा ५० मेगावाट र दाङमा ३० मेगावाट पाएको हो ।

नवलपरासीमा ५.३९ रुपैयाँ र दाङमा ५.४४ रुपैयाँ प्रतियुनिटमा पाएको हो । रमेश कर्पमा व्यवसायी रोहित गुप्ता र सुशील गुप्ता सञ्चालक हुन् । उद्योग र व्यापार क्षेत्रमा रमेश कर्पको राम्रो उपस्ठिति छ ।

क्रसकम्पनी आयोजना बन्ने जिल्ला क्षमता (मेगावाट)महसुल दर  (रुपैयाँ)
गो ग्रीन इनर्जी प्रालि  नवलपरासी५०.३९
गो ग्रीन इनर्जी प्रालि  दाङ३०.४४
  जम्मा८० 

अरु क-कसले पाए ?

सोलाइरिस इनर्जी प्रालिले  सुनसरीमा ५० मेगावाटको ठेक्का पाएको छ । ५.४० रुपैयाँमा बिड गरेका कारण पाएको हो ।

राप्ती ऊर्जा प्रालिले रोल्पामा ५० मेगावाटको सोलारको बिड पाएको छ ।

इको सन पावर डेभलपमेन्ट प्रालिले ३८ मेगावाटको जिम्मा पाएको छ । झापामा ९.५ मेगावाट, कन्चनपुरमा ९ मेगावाट, झापामा ९.५ मेगावाट र सिरहामा १० मेगावाटको जिम्मा पाएको छ ।

क्रसकम्पनीआयोजना बन्ने जिल्लाक्षमता (मेगावाट)महसुल दर  (रुपैयाँ)
इको सन पावर डेभलपमेन्ट प्रालिझापा९.५५.५२
इको सन पावर डेभलपमेन्ट प्रालिकन्चनपुर५.५२
इको सन पावर डेभलपमेन्ट प्रालिझापा९.५५.५२
इको सन पावर डेभलपमेन्ट प्रालिसिरहा१०५.५२
  जम्मा३८ 

त्यसैगरी मेथी सोलार जेभीले पर्सामा १० मेगावाट, बारामा १० मेगावाट र बारामा १० मेगावाट गरी ३० मेगावाटको बिड पाएको छ।

अन्नपूर्ण क्लिन इनर्जीले रामेछापमा १० मेगावाट र ५ मेगावाटको बिड पाएको छ । कान्तिपुर इनर्जी इन्भेष्टमेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिले मोतीहारीमा २० मेगावाटको जिम्मा पाएको छ । एसिएन हाइड्रोपावर लिमिटेडले ३० मेगावाटलगायका पाएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार ००:००  ११ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping