ऊर्जा विकास मार्गचित्र स्वीकृत, १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादनको बाटो खुल्यो « Eglish Khabarhub

ऊर्जा विकास मार्गचित्र स्वीकृत, १० वर्षमा २८ हजार ५०० मेगावाट उत्पादनको बाटो खुल्यो


१७ पुस २०८१, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्यका साथ तयार पारेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको  छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मार्गचित्र स्वीकृत गरेको हो । गत वर्ष नै मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट फर्किएको थियो । त्यसपछि पुन: ऊर्जा मन्त्रालयले केहि फेरबदल गरेर स्वीकृतिका लागि पठाएको थियो ।

ऊर्जा विकासको मार्गचित्रमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजना ४ वर्षमा, अर्ध जलाशययुक्त ६ वर्षमा र जलाशययुक्त ७ वर्षमा निर्माण सक्ने लक्ष्य छ । २८,५०० मेगावाटका आयोजना निर्माणका लागि ४६.५ अर्ब अमेरकी डलर लाग्ने अनुमान छ ।

 सन् २०३५ सम्म प्रतिव्यक्ति विद्युत खपत १५०० युनिट पुर्‍याइने उल्लेख छ । उक्त अवधिसम्म १३२ केभीका ६ हजार ४३१ सर्किट किमी,२२० केभीका ४०६१ सर्किट किमी र ४०० केभीका ६४४० सर्किट किमी प्रसारणलाइन निर्माण सम्पन्न गरी सबस्टेसनहरुको क्षमता ४० हजार एमभीए पुर्‍याइने उल्लेख छ

काठमाडौं उपत्यकालगायत ७ प्रमुख क्लष्टर क्षेत्रहरुको  सन् २०५० सम्मको माग आपूर्ति  गर्न आवश्यक प्रसारण तथा १५ हजार मेगावाटको निर्यात गर्ने लक्ष्य छ । भारत र बंगलादेश लगायतका देशमा निर्यातको सम्भावना देखाइएको छ । सन् २०३० सम्म भारतमा १० हजार मेगावाट निर्यात गर्ने र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने पूर्वाधार तयार पारिने उल्लेख छ ।

नेपाल र भारतबीच दिर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । सम्झौता अनुसार नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात हुनेछ । अहिले ८०० मेगावाटसम्म निर्यात भइरहेको छ ।  प्रतिवेदनमा भारतमा १० हजार मेगावाट निर्यात गर्ने र बंगलादेशलगायतका देशहरुमा ५ हजार मेगावाट  निर्यात गर्ने उल्लेख छ ।

नेपाल र बंगलादेशबीच विद्युत् व्यापार सम्झौता भइसकेको । नेपालले बर्खामा ४० मेगावाट बंगलादेश पठाएर व्यापारको सुरुवाता गरिसकेको छ ।

प्रतिवेदनमा २८,५०० मेगावाटका लागि लगानी जुटाउने विषयमा समेत स्पष्ट खाका छ ।  नेपाल सरकारको ६ अर्ब अमेरिकी डलर, आन्तरिक स्रोत (नेपाली बैंक तथा वित्तीय संस्था) १० अर्ब अमेरिकी डलर, नेपाल विद्युत प्राधिकरणबाट (रिफाइनान्सिङ/रि इन्भेष्टमेन्ट)बाट ८ अर्ब  अमेरिकी डलर, क्लाइमेट फाइनान्सिङबाट २ अर्ब अमेरिकी डलर, गैरआवसीय नेपाली तथा वैदेशिक रोजगारीमा रहेका नेपाली मार्फत १२ अर्ब अमेरिकी डलर, वैदेशिक लगानी, अनुदान र ऋण गरी ८.५ अर्ब अमेरिकी डलर जुटाउने योजना छ ।

यो लक्ष्य पूरा हुदाँ विद्युत उत्पादन हुने आयोजनाबाट संकलन हुने राजस्व  करिब ८८ अर्ब रुपैयाँ हुने अनुमान छ । विद्युत आपूर्ती बापत ६५ खर्ब रुपैयाँ आम्दानी हुन्छ । विद्युत बिक्रीबापत उत्पादकहरुले करिब ३९ खर्ब रुपैयाँ प्राप्त गर्नेछन् । विद्युत खरिद बिक्रीबापत नेपाल विद्युत प्राधिकरणले २६ खर्ब रुपैयाँ आम्दान गर्नेछ ।

प्रतिवेदनमा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना प्रतिमेगावाट औसत सोह्र लाख अमेरिकी डलर, अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि १७ लाख अमेरिकी डलर, जलाशययुक्त जलविद्युत् आयोजनाका  २७  लाख रुपैंयाँ प्रतिमेगावाट लागत छ ।

प्रतिवेदन कार्यान्वयन नभएपनि राष्ट्रिय योजना आयोगले आफ्ना १६औं योजनामा समेत २८५०० मेगावाटको उत्पादनको विषय उल्लेख गरेको छ ।

मार्गचित्र प्रसारण प्रणाली र विद्युत व्यापारमा निजी क्षेत्र सहभागी गराउने उल्लेख छ ।

त्यसै गरी मार्गचित्र ऊर्जा प्रणालीमा साइबर सुरक्षाका चूनौतीको विषमा अध्ययन अनुसन्धान गरी जोखिम न्युनीकरण एवम् व्यवस्थापन गर्ने उल्लेख छ ।

नेपाल र भारतबीच वार्षिक रुपमा हुने ऊर्जा सचिवस्तरीय बैठका भारतले साइरबर सुरक्षाको विषय उठाउने गरेको छ । उसले चीनसँग नेपालको ग्रीड जोडिदा भारतका लोड डिस्प्याच सेन्टरहरु साइबर आक्रमणमा पर्ने जोखिमबारे बताइरहेको छ । सोही कारण सरकारले यसको अध्ययन गर्न लागेको हो । अहिलेसम्म चीनसम्म विद्युत व्यापार सम्झौता र पूर्वाधार बनाउन नसक्नुको एउटा कारण यो पनि हो ।

ऊर्जा विकासका लागि इनोभेटिभ वित्तिय स्रोतहरु जुटाउने, अध्ययन भएका दुधकोसी,बुढीगण्डकी,नलगाड, नौमुरेलगायतका जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने  उल्लेख छ ।  सरकारले सबै आयोजनाहरु होल्ड नगरी निजी क्षेत्रलाई सहभागी गराएर विकास गराउने उल्लेख छ ।

नेपाल र बंगलादेश सरकारको सयुक्त पहलबाट सुनकोसी-३ जलविद्युत आयोजना निर्माण अघि बढाउने उल्लेख छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार ००:००  १ : ०७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping