जलविद्युत कम्पनीमा मर्जरको लहर, कुन-कुन गाभिँदै छन् ? « Eglish Khabarhub

जलविद्युत कम्पनीमा मर्जरको लहर, कुन-कुन गाभिँदै छन् ?


२८ पुस २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा देखिएको मर्जरको लहर जलविद्युत क्षेत्रमा पनि देखिने भएको छ ।

अहिलेसम्म जलविद्युत कम्पनीहरु मर्जरमा गइसकेका छैनन् । तर, कतिपय कम्पनीहरुले आफूहरु मर्जर तथा प्राप्तिका लागि तयार रहेको संकेत गरेका छन् ।

जलविद्युत कम्पनीहरुले प्रकाशित गरेको वार्षिक साधारण सभाको सूचनामा जलविद्यत कम्पनीहरुले मर्जरको प्रस्ताव गरेका छन् । केही कम्पनीले मर्जरको प्रस्ताव पारित गरेका छन् भने मर्जरको प्रस्ताव गरेका केही कम्पनीको साधारणसभा हुन बाँकी नै छ । मर्जरमा जान नयाँ खुलेका कम्पनीदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएका कम्पनीसम्म मर्जरमा जान तयार देखिएका छन् ।

वार्षिक साधारण सभाको सम्पन्न गरेका वा सभाको तयारी गरेका माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा माइ हाइड्रो, धौलागिरी कालिका हाइड्रोपावर मर्ज तथा प्राप्तिमा जान तयार देखिएका छन् ।

माउन्टेन हाइड्रो, बरुण हाईड्रोपावर, ङादी ग्रुप पावर, हिलटन हाइड्रो इनर्जी, साप्सु कालिका हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीले मर्जर तथा प्राप्तिका लागि तयार भएका छन् ।

यस्थै हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) अन्तर्गतका दुई वटा कम्पनी पनि मर्जरको तयारीमा रहेका छन् ।

सिम्बुवा रेमिट हाईड्रो लिमिटेड र रेमिट हाईड्रो लिमिटेड मर्जको तयारीमा रहेका छन् । रेमिटले ७७.५ मेगावाटको घुन्साखोला प्रबर्धन गर्न लागेको छ ।

सिम्बुवा रेमिट हाईड्रोले ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत आयोजना प्रबर्धन गर्न लागेका छन् ।

यी दुबै कम्पनीलाई मर्जर गएर एउटै कम्पनीबाट २ वटा आयोजना बनाउने तयारीमा एचआईडीसीएल रहेको छ ।

यता माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले मर्जको प्रस्ताव पारित गरेको छ ।

बिहीबार सम्पन्न बार्षिक साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेको हो । कम्पनीले समान उद्देश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने वा एकीकरण गर्ने र यस कार्यका लागि नियमानुसारका आवश्यक सम्पूर्ण प्रक्रियाहरु अगाडी बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै सभाले गाभ्ने/गाभिने वा एकीकरण गर्ने प्रक्रिया लगायतका अन्य आवश्यक विषयका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु पर्ने भएमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीमा सानिमा माई हाइड्रोपावरका प्रतिनिधि घनश्याम थापा सञ्चालक छन् । माथिल्लो मैलुङ खोलामा सानिमा माईको २३ लाख ७५ हजार कित्ता सेयर स्वामित्व छ ।

सानिमा माइ हाइड्रोमा माथिल्लो मैलुङको पनि सेयर स्वामित्व छ । सानिमा माई हाइड्रोले पुस २८ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सानिमाले पनि मर्ज तथा प्राप्तिको प्रस्ताव सहित सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

आज साधारणसभा सम्पन्न गरेको लिवर्टी इनर्जी कम्पनी पनि मर्जरमा जान तयार देखिएको छ । कम्पनीले सभा बोलाउँदा अन्य जलविद्युत आयोजनालाई प्राप्ति (एक्विजिसन) गर्ने तथा मर्जर प्रकृया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव आज सम्पन्न सभाले पारित गरेको छ । कम्पनीले यो पटक सेयरधनीलाई लाभांश भने दिएको छैन।

पुस २४ गते (बुधबार) साधारणसभा सम्पन्न गरेको माउन्टेन हाइड्रो नेपालले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले अन्य जलविद्युत आयोजनालाई प्राप्ति (एक्विजिसन) गर्न तथा मर्जर प्रकृया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको हो ।

साथै मर्जर प्रकृयाको क्रममा कम्पनीको प्रबन्धपत्र तथा नियमावली सशोधन तथा फेरबदल गर्न परेमा सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत दिने प्रस्ताव समेत पारित गरेको छ । यस पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

मर्जरमा जान तयार भएको कम्पनी बरुण हाईड्रोपावर पनि हो । असोज १३ गते सम्पन्न बार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले सेयरधनीलाई लाभांश नदिए पनि हकप्रद सेयर निष्कानस गर्ने प्रस्ताव समेत पारित गरेको छ । बरुण हाइड्रोपावर कम्पनीको अध्यक्षमा डा भुषण गुरागाई, सञ्चालकमा डा. अभिनव दाहाल, रामेश अधिकारी, सौरभ गुरागाई, पुनम कार्की र सम्झना तजले रहेका छन् ।

ङादी ग्रुप पावर कम्पनीले पनि असोज १३ गते वार्षिक साधारणसभा बोलाएर गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

असोज १३ गते बसेको वार्षिक साधारण सभा सकेको कम्पनीले गाभ्ने, गाभिन तथा प्राप्ति गर्नका लागि आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पारित गरिसकेको छ।

यो पटक सेयरधनीको हात खाली बनाएको कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव भने पारित गरेको छ ।

कम्पनीको अध्यक्षमा डा भोगेन्द्र कुमार गुरागाई रहेका छन् भने सञ्चालकमा रविन सुवेदी, रिली गुरुङ, सुधांशु तुलस्यान, रन्जु अधिकारी र लक्ष्मी शोभा गोसाई रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीले मात्रै नभएर सूचीकृत नभएका जलविद्युत कम्पनीले पनि गाभ्ने, गाभिन तथा प्राप्ति गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएका छन् ।

हिलटन हाइड्रो इनर्जी कम्पनीले पनि गाभ्ने तथा गाभिने प्रस्ताव गारित गरेको छ । कात्तिक २९ गते बसेको कम्पनीको बार्षिक साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेको हो ।

कम्पनीले तेस्रो साधारण सभामा नै गाभ्ने तथा गाभिने तथा प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साप्सु कालिका हाइड्रोपावर कम्पनीले पनि गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ। पुस १९ गते बसेको कम्पनीको सभाले उक्त प्रस्ताव पारित गरेको छ । कम्पनीले पुस १९ गते सातौ सभा सम्पन्न गरेको हो ।

धौलागिरी कालिका हाइड्रोपावर कम्पनीले पनि मर्जरको प्रस्ताव ल्याएको छ । कम्पनीले गाभ्ने, गाभिन तथा प्राप्ति गर्ने प्रस्तावसहित पुस २६ गते शुक्रबारका लागि सभा बोलाएको छ ।

जलविद्युत कम्पनी मर्जरमा जाँदा वित्तीय लगानी घट्ने, थोरै जनशक्तिले कम्पनी सञ्चालन गर्नुका साथै धेरै काम गर्न सकिने, उपकरण तथा प्रविधिमा हुने खर्च पनि घट्दै जाने बताइन्छ ।

‘फरक-फरक कम्पनी सञ्चालन हुँदा प्रशासनिक खर्च बढ्न जान्छ । मर्ज हुँदा एउटै खर्चबाट ठूलो कम्पनी सञ्चालन गर्न सकिन्छ। मर्जरले सञ्चालन खर्च घटाउने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए ।

‘कम्पनी मर्ज तथा प्राप्तिमा जाँदा कम्पनी बलियो हुन्छ । कम्पनी ठूलो हुँदा अझै ठूला आयोजना बनाउन सकिन्छ’ अध्यक्ष कार्कीले क्लिकमान्डुसँग भने ‘कम्पनी ठूलो भयो भने ठूला आयोजना बनाउन सकिन्छ । कम्पनी मर्ज हुँदा व्यवस्थापन खर्च पनि घट्छ, कार्यालय सञ्चालन खर्च, कर्मचारी खर्च, सञ्चालन खर्च घट्छ ।’ यस्तो खर्च घट्दा कम्पनीको करोडौ रुपैयाँ जोगिन्छ ।
कम्पनी मर्ज हुँदा पुँजी बढी हुँदा फरक फरक परियोजना लगानी गर्न पनि सहज हुन्छ ।

साना कम्पनीहरूले ठूला परियोजनाहरू र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने हुँदा कम्पनी मर्ज हुँदा प्रतिस्पर्धामा जान सजिलो हुने बताइन्छ ।

कम्पनी मर्जरमा जाँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सजिलो हुने जलविद्युत कम्पनीका प्रबर्धकहरु बताउँछन् ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी कम्पनीहरु मर्ज भएको खण्डमा घाटामा गएका आयोजना उकास्न सहयोग पुग्ने बताउँछन्।

‘मर्जरले कर्मचारी खर्च, व्यवस्थापन खर्च कम हुन्छ’ उनले भने जोखिएको पैसाले घाटामा गएको आयोजना उकास्न सजिलो हुन्छ।’

कम्पनी मर्जरमा जाँदा पुँजी बढ्ने, लगानी बढ्ने र त्यसले कम्पनीलाई नाफामा लैजान सजिलो हुने, सेयरधनीले पाउने लाभांश समेत बढ्ने उनको भनाइ छ । कालान्तरमा कम्पनी मर्जरमा जान आवश्यक रहेको डाँगीको बुझाइ छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  १० : ३४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping