कोसीटप्पुमा पर्यटक आगमनमा वृद्धि « Eglish Khabarhub

कोसीटप्पुमा पर्यटक आगमनमा वृद्धि


१४ पुस २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

इनरुवा । पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा वृद्धि भएको छ ।

आरक्षमा चालु आवको साउनदेखि मङ्सिर महिनासम्ममा विदेशी ८१ जनासहित चार हजार ३८० पर्यटक आएको कोसीटप्पु वन्यजन्तु आरक्षको कार्यालयले जनाएको छ ।

आरक्षमा अर्ना, चराचुरुङ्गी हेर्नका लागि नेपाल तथा विदेशी मुलकबाट आउने पर्यटकमध्ये सबैभन्दा बढी कात्तिक महिनामा एक हजार ६७० आन्तरिक पर्यटक आएकामा  ४२ जना विदेशी पर्यटक रहेको आरक्षका संरक्षक अधिकृत श्याकुमार साहले जानकारी दिए ।

साउन महिनामा ६१५ र  भदौमा ९२२ आन्तरिकसहित  दुई विदेशी, असोजमा ६८५ आन्तरिक र १९ विदेशी र मङ्सिरमा ९४७ आन्तरिक र  १८ विदेशी पर्यटक आएको आरक्षका संरक्षण अधिकृत साहले बताए ।

आरक्षका संरक्षण अधिकृत साहले अबका दिनमा जङ्गल क्षेत्रमा जङ्गली हात्तीका त्रास भएका कारण पर्यटक आगमनमा कमी हुने बताए । आरक्षमा अहिले पर्यटक आगमनलाइ निषेध गरिएको छ । पर्यटक आगमनबाट आरक्षले रु पाँच लाख १० हजार ९ सय ९ राजस्व सङ्कलन भएको जनाएको छ । रासस

प्रकाशित मिति : १४ पुस २०७३, बिहिबार ००:००  ४ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping