काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय जनताको नागरिकता खरिद गरी शेयर हत्याउने गिरोह पनि सक्रिय रहेकाले यसप्रति सचेत हुनुपर्नेमा जोड दिदैं कम्तीमा ५० कित्ता शेयर पर्ने गरी शेयर खरिद गर्न स्थानीयलाई आग्रह गरेका छन् ।
तामाकोसी जलविद्युत् आयोजनामा न्यूनतम ३० कित्ता र अधिकत्तम ३०० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबारदेखि साधारण शसेयर बिक्री सुरु गरेपनि आगामी तीन वर्षसम्म कारोबार गर्न नपाउने भएका छन् ।
आयोजनाले स्थानीयबासीलाई सेयर बिक्री सुरु गरेको हो । तर ३ वर्ष भित्र कुनै पनि कारोबार गर्न नपाउने अवस्था रहेपछि त्यसले लगानीकर्तालाई के कत्ति फाइदा होला ? भन्ने प्रश्न पनि यतिखेर उठेको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले प्रकाशित गरेको आह्वानपत्रलाई नै हेर्ने हो भने चालु आर्थिक वर्षमा सो कम्पनीको सेयर भएका लगानीकर्ताले प्रतिसेयर ३० पैसा घाटा व्योहोर्नु पष्र्ने देखिन्छ ।
गत आवमा प्रतिसेयर २ रुपैयाँ घाटा रहेको थियो । आगामी आवमा समेत सो कम्पनीको सेयरमा कुनै नाफा हुने र रहने अवस्था छैन ।
कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्नेलाई बिक्री गरेको सेयर समेत सूचीकृत हुन सकेको छैन । स्थानीयबासी र सर्वसाधारणलाई सेयर बिक्री नगरिकन स्टकमा सूचीकृत गर्न नपाइने व्यवस्थाका कारण विगत ६ वर्षदेखि सेयर खरिद गरेका कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई समेत मार परेको छ ।
कम्पनीको व्यवस्थाअनुसार ३ वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले सेयर बिक्री गर्न पाउँछन् । तत्कालका लागि अनिवार्यरूपमा डिम्याट खाता खोल्नुपर्ने अवस्था छैन ।
तर कम्पनीकै विवरणपत्रलाई आधार बनाएर हेर्दा सेयरबाट प्रतिफल आउने सम्भावना भने तत्कालका लागि कमै देखिन्छ ।
कम्पनीले वैदेशिक रोजगारीमा गएका दोलखावासीको हकमा वेबसाइटबाट फारम डाउनलोड गरी हस्ताक्षर गरेर पठाएमा उनीहरूका परिवारका सदस्यले आवेदन बुुझाउन मिल्ने व्यवस्थासमेत गरिएको छ ।
पैसा र हपूाच नहुनेले हेरेर बस्नुपर्छ – मन्त्री पुन
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पैसा र पहुँच हुनेले स्रोत साधनमा लगानी गरेर नाफा बटुल्दै लैजाने र नहुनेले हेरेरै बस्ने प्रवृत्ति बढेको बताएका छन् । उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर बिक्री प्रक्रिया सुरु गर्दै सो विचार व्यक्त गरेका थिए ।
तर सबैलाई समान रुपमा सेयर दिने प्रणालीको सुरुवात गरेर माथिल्लो तामाकोशी आयोजनाले समानताको सुरुवात गरेको बताए ।
जिल्लाका बासिन्दालाई छुट्याइएको १० प्रतिशत शेयर वितरणको बुधबार मन्त्री पुनले चरिकोटमा शुभारम्भ गरेका थिए ।
उनले देशकै उदाहरणीय तामाकोशी आयोजनाले अन्य जलविद्युत् आयोजना निर्माणका लागि हौसला प्रदान गरेको बताए ।
मन्त्री पुनले विकासमा सामाजिक न्यायको अवधारणा अपरिहार्य रहेको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि विकास र सुशासन आवश्यक रहेको बताए ।
उनले एक लाख मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनसक्ने नेपालमा तत्काललाई जनताकै लगानीमा ३ हजार मेगावाटका आयोजना सञ्चालन गर्ने योजना सरकारको रहेको उल्लेख गरे ।
विभिन्न १६ वटा जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेको र त्यसका लागि करिब रु ६ खर्ब लगानीको अनुमान गरेको समेत जानकारी दिए ।
मन्त्री पुनले तामाकोशी आयोजनालाई यही आर्थिक वर्षभित्रै सकाउन लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
SHARE YOUR THOUGHTS