एक किलो टमाटरको मूल्य ५० लाख ! « Eglish Khabarhub

एक किलो टमाटरको मूल्य ५० लाख !



महंगीको मारको अनुमान गर्नु भएको छ ? यदि छ भने कतिसम्म गर्नुभएको छ ? कतै तपाईले गर्नुभएको अनुमान फेल हुने त होइन ?

निश्चय नै भेनेजुयलाको हकमा तपाईको अनुमान फेल हुनसक्छ । भेनेजुयलाको महंगी मात्रै होइन महामहंगी हो ।

भेनेजुयलाको सरकारले त्यहाँको महामहंगी नियन्त्रण गर्ने योजना बनाईरहेको छ ।
त्यहाँको सरकारले आफ्नो मुद्राको नाम परिवर्तन गरेर सावरेन बोलिभार गरेको छ । यससंगै त्यहाँको मुद्रा ९५ प्रतिशतसम्म अवमूल्यन भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार भेनेजुयलामा १० लाख प्रतिशतसम्म महंगी बृद्धि भएको छ ।

त्यहाँको सरकारले मुद्राको नाम परिवर्तनसंगै २, ५, १०, २०, ५०, १००, २०० र ५००को नयाँ नोट पनि जारी गरेको छ । त्यहाँ १ हजारको नोटमा प्रतिबन्ध लगाईएको छ ।

त्यहाँ एक कप कफिको मूल्य अहिले २५ लाख बोलिभार पुगेको छ । महंगी बढेसंगै त्यहाँ ठूलो नोटको माग पनि बढेको छ । तर त्यहाँका बैंकले आफ्ना ग्राहकलाई निश्चित सिमा भन्दा धेरै रकम निकाल्न नपाउने नियम बनाएका छन । पैसाको माग अत्याधिक बढेपछि २४ घण्टाका लागि विद्युतिय पेमेन्ट रोक्न सरकारले आग्रह गरेको छ ।

भेनेजुयलामा सेनिटरी प्याडको मूल्य ३५ लाख बोलिभार पुगेको छ । यस्तो छ भेनेजुयलामा वस्तुको मूल्य

एक किलो चामलको मूल्य २५ लाख बोलिभार
एक किलो गाजरको मूल्य ३० लाख बोलिभार
एक किलो टमाटरको मूल्य ५० लाख बोलिभार
एक ट्वाईलेट पेपरको मूल्य २६ लाख बोलिभार
एक किलो मासुको मूल्य साढे ९ लाख बोलिभार
२.४ किलो चिकेनको मूल्य ४६ लाख बोलिभार
एक किलो चिजको मूल्य ७५ लाख बोलिभार

बिबिसी हिन्दीबाट

Publish on: