घुसको रकम छोरीलाई, कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार गिताकुमार पन्थी पक्राउ « Eglish Khabarhub

घुसको रकम छोरीलाई, कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार गिताकुमार पन्थी पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुस सहित कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिष्टार गीता कुमारी पन्थीलाई पक्राउ गरेको छ ।

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्दै अख्तियारले सुचना पाएपछि उनलाई घुस सहित पक्राउ गरेको हो ।

उनले घुस बापतको रकम राख्न भने छोरी पोषण पन्थीलाई दिएकी थिइन् । अख्तियारले आमा छोरीलाई नै पक्राउ गरेको छ ।

उनीहरुलाई एनएमबी बैंकको पार्कीङबाट पक्राउ गरिएको हो । प्रवक्ता रामेश्वर दंगालका अनुसार उनीहरुलाई सोमबार नै नियन्त्रणमा लिइएको थियो ।

Publish on: