१ पुस २०८२, मंगलबार

कालो बेलुन उडाएर लगानीकर्ताको नेप्सेमा रिले अनसन सुरु (फोटोफिचर)


काठमाडौं । सेयर लगानीकर्ता दवाब समूहले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसरमा कालो बेलुन उडाएर अनिश्चितका लागि रिले अनशन सुरु गरेका छन् ।


पूँजी बजार सुधारका लागि राखेको ३२ बुँदे माग पुरा गराउन दबाब दिन चैत १० गते धितोपत्र बोर्डमा गरिएको शान्तिपूर्ण तालाबन्दीमा सरकारले दमन गरेको भन्दै त्यसको विरोधमा आज नेप्सेका कालो बेलुन उडाएर रिले अनसन सुरु गरेको बताइएको छ ।


दबाब समूहले आफ्नो माग पुरा नभएसम्म अनिश्चितकालीन रिले अनशन सुरु गर्ने बताएका छन् । अनसनरत दबाब समूहले आगामी दिनमा नेप्सेमा कसैलाई पनि छिर्न रोक लगाइएको छ ।