सेयर बजारमा सामान्य सुधार, देखिएन कारोबार रकममा चमक « Eglish Khabarhub

सेयर बजारमा सामान्य सुधार, देखिएन कारोबार रकममा चमक



काठमाडौं । सातको दोस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । यो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ३.८७ अंकले बढेर ११३८.६७ बिन्दुमा रोकिएको छ ।

सूचक बढेपनि कारोबार रकममा भने अपेक्षाकृत चमक आउन सकेको छैन । यो दिन १६९ कम्पनीको ९ दाख २९ हजार २१७ कित्ता सेयर २४ करोड २६ लाख ५९ हजार ५१५ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन दशवटा उपसमूहको कारोबार हुँदा बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीबन बीमा कम्पनी ४२.७५, माईक्रोफाइनान्स ५.८७ र जीवन बीमा उपसमूहको ५०.३ अंकले बढेको छ । बाँकी जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचकमा रातो लागेको छ ।

कारोबार रकमको आधारमा मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको दुई करोड ८ लाख रुपैयाँ रहेको छ । यस्तो दोस्रो र तेस्रोमा क्रमश? नागरिक लगानी कोष र नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेको छन् ।

यो दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल हाईड्रोपावर डेलपर्स, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगथानीकर्ताले कमाउँदा यूनिभर्संल पावर कम्पनी, शिभव् शिमेन्ट, जनउत्थान सामुदायिक लगायतका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: