काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट पक्राउ परेका लगानीकर्ताहरुले प्रहरी कार्यालयमा नै धर्ना सुरु गरेका छन् ।
उनीहरुले यतिबेला महानगरीय प्रहरी वृत सिंहदरबारमा धर्ना सुर गरेका हुन् । नेप्सेबाट पक्राउ परेका १३ जना र अन्य आफु पनि प्रहरीको नियन्त्रणमा जान चाहेको भनेर आएकाले पनि अनसनमा सहभागीता जनाएको लगानीकर्ता दिपेन्द्र कुँवर अग्रवालले बताए ।
अग्रवालले आफूहरुलाई किन प्रहरीले नियन्त्रणमा लिएको, कुन कानून उल्लंघन गरेको कारण प्रहरीले नियन्त्रणमा लिएको, लगानी गर्नु अपराध नै हो र ? भन्दै अनसन बसेको बताए । उनले अब प्रहरीले छोडेपनि आफुहरु नजाने र प्रहरी कार्यालयमा नै अनसन कायम राख्ने बताए ।
सेयर लगानीकर्ता दबाब समूहसहितका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि पुँजीबजार संघले घोर भत्सना गरेको छ ।
संघकी अध्यक्ष संरक्षणा चौधरीले विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरुको हकहितका लागि निरन्तर खटिरहेका सेयर लगानीकर्ता समूहको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको दमन र हस्तक्षेप प्रति आपत्ति जनाएकी छिन् । संघले वार्ताको माध्यमबाट लगानीकर्ताहरुको जायज माग पुरा गर्न सरोकारवाला नियकालाई आग्रह समेत गरेको छ ।
SHARE YOUR THOUGHTS