काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।
हाइड्रोपावरको सेयरमा आजदेखि छिटोमा चैत्र १७ गतेसम्म र त्यो अवधिमा आवेदन खुला गरिएजती नबिकेको खण्डमा वैशाख १२ गतेसम्म न्युनतम ५० देखि अधिकतम ३५ हजार कित्ता सम्म आवेदन दिन पाइने छ ।
यसको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हाईड्रोलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ दिएको छ । उक्त सेयरमा आवेदन दिनका लागि धितोपत्र बोर्डबाट अनुमति लिइ आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आश्वा प्रणालीबाट,लक्ष्मी क्यापिटल मार्केट बानेश्वर र यूनियन हाईड्रोपावर लिमिटेड धोबिघाटबाट आवेदन दिन पाइने छ ।
कम्पनीले यसअघि सर्वसाधारणका लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता साधारण सेयर जारी गरीसकेको छ । कम्पनीले आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता असेयर बिक्री खुला गरेपनि १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । स्थानीयले नकिनेको ६ लाख २१ हजार ७९० कित्ता सेयर सर्वसाधारण थप गरेर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर जारी गरिएको हो ।
SHARE YOUR THOUGHTS