काठमाडौं । कारोबारको सुरुदेखि नै क्रमैसँग ओरालो यात्रा तय गरेको सेयर बजार अन्तिम समयमा आएर सामान्य अंकको सुधार देखिएको छ ।
बुधबार सेयर कारोबार मापन गर्ने सूचक ३.५२ अंकले बढेर परिसूचक ११८४.६१ बिन्दुमा रोकिएको छ । यो दिन १६९ कम्पनीको १६ लाख १२ हजार ३९६ कित्ता सेयर ४१ करोड ४ लाख ९४ हजार ६३२ रुपैयाँमा किनबेच भएको छ । मंगलबार भने ७३ करोड ५१ लाख ५९ हजार ९९२ रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा सुधार आउन नसकेको देखिएको छ ।
दिन सेयर बजारमा दश वटा उपसमूहको कारोबार हुँदा जलविद्युत समूहमा मात्र गिरावट देखिएको छ । बाँकी सबै उप समूहमा सुधार देखिएको छ । बैंकिङ २.९६, होटल ०.२२, विकास बैंक ३.१४, वित्त ३.१७, निर्जीबन बीमा कम्पनी २४.२३, उत्पादन तथा प्रशोधन ३.०८, अन्य ६.७३, माइक्रोफाइनान्स २.३६ र जीवन बीमा कम्पनीको १२.५९ अंकले बढेको छ ।
यो दिन कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा देखिएको छ । कुमारीको ५ करोड ७२ लाख ५४ हजार १०३ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः एनआईसी एसिया बैंक र एनएमबी बैंक रहेका छन् ।
बजारमा सामान्य सुधार आउँदा नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, एनएमबी माइक्रोफाइनान्सका लगानिकर्ताले कमाएका छन भने यून्नती माइक्रोफाइनान्स, घलेम्दी हाईड्रोपावर, सिन्धु विकास बैंक, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताहरुले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS