मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ ले असार १ गते बजेट प्रस्तुत गर्ने



काठमाडौं । प्रदेश नं ३ सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयले सो कुरा जानकारी दिएको छ ।

सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको मन्त्री ढुङ्गेलले बताए ।