१ पुस २०८२, मंगलबार

३४ लाख ठग्ने सहकारीका सञ्चालक पक्राउ


काठमाडौं । शाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक रोशन श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ ।

सहकारी संस्था सञ्चालन सर्वसाधारणको ३३ लाख ८५ हजार ५ सय रुपैयाँ ठगेर फरारस रहेका श्रेष्ठलाई ब्यूराले बुधबार ललितपुरको कुपन्डोलबाट पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ चाबहिलमा रहेको उक्त सहकारी संचालक श्रेष्ठले सर्वसाधारण वचतकर्ताहरुलाई रकम जम्मा गरे रकमको बढी ब्याज पाईन्छ भन्दै झुठ्ठा प्रलोभनमा पारी पैसा लिएर फरार रहेको जनाएको भन्दै दिलशोभा खड्गीले निवेदन दिएकी थिइन् ।

श्रेष्ठले जाहेरवालाहरुबाट प्राप्त गरी साँवा रकम सेमत फिर्ता नगरी उक्त संस्था नै बन्द गरी ठगी गरेको ब्यूरोको भनाई छ । उक्त ठगी कसूरमा अदालतले प्रतिवादी श्रेष्ठको हकमा दामासायीबाट हुन आउने रकम ८ लाख ४६ हजार २५० रुपैयाँ विगो कायम गरी सोही बमोजिम जरिवाना गरेको थियो ।

उच्च अदालत पाटनको २०७३ जेठ २५ गतेको फैसलाले चाबहिल बस्ने श्रेष्ठलाई ८ लाख ४६ हजार २५० रुपैयाँ जरिवाना र २ बर्ष कैद हुने ठहर गरेको थियो । अदालतको फैसला पछि फरार रहेका श्रेष्ठलाई ब्यूरोले बुधबार कुपण्डोल पक्राउ गरेको हो ।

श्रेष्ठलाई बिहीबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको ब्यूरोले जनाएको छ ।