काठमाडौं महानगरमा सडक बत्ती जडान गर्न ‘मेयर उज्यालो कार्यक्रम’ सुरु « Eglish Khabarhub

काठमाडौं महानगरमा सडक बत्ती जडान गर्न ‘मेयर उज्यालो कार्यक्रम’ सुरु



काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरका मुख्य र सहायक सडकमा गरेर झण्डै एक हजार ५०० सडक बत्ती जडान शुरु गरेको छ ।

‘मेयर उज्यालो कार्यक्रम’ मार्फत महानगरपालिकाले रातको समयमा यात्रु र सवारीसाधनलाई सहज बनाउन सडक बत्ती जडान गत वर्षदेखि शुरु भएको हो ।

चालु आवमा बाँकी स्थानमा जडान गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उनका अनुसार महानगरले सडक बत्ती जडान नीति तथा कार्यक्रममा राख्दै त्यसका लागि बजेट छुट्टाएको छ । गतवर्ष केही स्थानमा जडान भएकामा बाँकी सडकमा यस वर्ष बत्ती जडान भइसक्ने उनले बताए ।

‘यस वर्षभरमा एक हजार ६०० वटा बत्ती जडान भइसक्ने हामीले अनुमान गरेका छौँ,’उनले भने ।

महानगरका मुख्य मात्रै नभएर भित्री सडकमा समेत सडक बत्ती जडान हुने प्रवक्ता डङ्गोलले बताए  । कामनपाले वडा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गर्नै बताएको छ । महानगरपालिकाले सडकमा बत्ती जडान गर्ने, ट्राफिक बत्ती राख्ने, सडक चिन्ह राख्नेसँगै हाइमास (चोकमा राखिने ठूला बत्ती) जडान गरिरहेको छ । नौ मिटरभन्दा बढी चौडाइमा सडक निर्माणको काम सङ्घीय सरकारले गरेपनि सडकसम्बन्धी अरु काम महानगरपालिकाले गरिरहेको छ ।

Publish on: