काठमाडौं । सरकारले इन्जिनियरिङ अध्ययनका लागि थप ५ विषयको अध्यापन गराउने भएको छ ।
सरकारले नेपालमा इन्जिनियरिङ अध्ययन अन्तर्गत ५ वटा विषय थप गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत ५ वटा विषय थप गरिएको जानकारी दिए ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ को दफा ३८ ले दिएको अधिकार प्रयोग गरी सोही ऐनको अनुसूचीको बुँदा नम्बर ४७ पछि देहाय बमोजिमका इन्जिनियरिङ विषय थप गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
उनका अनुसार अब नेपालमा पेट्रोलियम इन्जिनियरिङ, मेकाट्रोनिक्स इन्जिनियरिङ, हाइटेक एन्ड प्लास्मा एन्ड पावर प्लान्टस इन्जिनियरिङ, बिटेक नोवेल आर्किटेक्चर एन्ड सिप बिल्डिङ, ब्याचरर्स अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी अफ विपेनरीको अध्ययनका लागि बाटो खुलेको छ ।
यस अघि यी विषयको अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता थियो । हाल नेपालमा विभिन्न कोर्समा झण्डै ८ हजार ५ सय विद्यार्थीहरु अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्