मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा मन्त्रालयले रोकेको एनओसी दिन फेरि सुरु गर्यो, विद्यार्थीलाई राहत


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखा केशरमहलमा एनओसी लिन लामबद्ध विद्यार्थीहरु

काठमाडौं । शिक्षामन्त्रालले डिप्लोमा तथा भाषा अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि यस अगाडि रोकेको नो अब्जेक्सन लेटर ९एनओसी० फेरि दिन सुरु गरेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय बैदेशिक अध्ययन अनुमति शाखाका उप सचिव महेश्वर शर्माका अनुसार आइतबारदेखि पुनः एनओसी दिन सुरु गरिएको छ ।

उनले क्लिकमाण्डूसँग भने, ‘सर्वोच्च अदालतबाट निर्णय नआउँदासम्मका लागि सबै विद्यार्थीलाई एनओसी दिने निर्णय भएको छ, आज आइतबारदेखि एनओसी दिन सुरु गरिएको छ ।’
यस अगाडि गत जेठ २९ गते मन्त्रालयले एक सूचना जारी गर्दै एनओसी दिन बन्द गरेको थियो । जसले गर्दा डिप्लोमा तथा भाषा अध्ययनका लागि अष्ट्रेलिया, जापानलगायतका मुलुकमा जान तयारी अवस्थामा रहेका विद्यार्थी मारमा परेका थिए ।
मन्त्रालयले छात्रवृत्ति सम्बन्धि ऐन २०२१ संशोधन सहितको नियम २७ ९क० बमोजिम विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई एकेडेमी ब्रिजकोर्स, भाषाका कोर्सका लागि एनओसी नदिने निर्णय गरेको थियो ।
नो अब्जेक्सन लेटर मुद्रा सटहीका लागि आवश्यक पर्छ । विद्यार्थीहरुले विदेशस्थित आफू जान लागेको विश्वविद्यालय तथा कलेजमा पहिले नै निश्चित शुल्क बुझाउनुपर्छ । त्यसै प्रयोजनका लागि एनओसी जारी गरिन्छ ।
मन्त्रालयको उक्त निर्णय विरुद्धमा सर्वोच्च अदातमा मुद्धा परेको थियो । जसमा अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
शर्माका अनुसार सर्वोच्च अदालतबाट फैसला नआउँदासम्म सबैलाई एनओसी दिइनेछ ।