घातक रोगमा उपचारमा बीमा गराउन बीमा कम्पनीबीच प्रतिस्पर्धा « Eglish Khabarhub

घातक रोगमा उपचारमा बीमा गराउन बीमा कम्पनीबीच प्रतिस्पर्धा



काठमाडौं । पछिल्लो समयमा बीमा कम्पनीहरुले जीवन बीमा गर्दा घातक रोगको बीमा गराउने लाभ दिन थालेका छन् ।

नेपालमा कायम रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेस कर्पोरेशन नेपाल र बीमा संस्थाले बीमा गर्नेहरुलाई यो लाभ दिएका छैनन् भने बाँकी सबै जीवन बीमा कम्पनीहरुले सुविधा दिन थालेका छन् ।

बीमा कम्पनीहरुको यो नयाँ बीमा योजना नभएर बीमा योजनाभित्रको लाभ हो । यो लाभ अन्तर्गत विभिन्न रोगहरुको बीमा हुने गरेको छ ।

यो लाभ १८ वर्षदेखि माथिकाले लिन पाउने छन् भने यसलाई स्वेच्छिक रुपमा लिन सकिने छ । तर यसको लागि उमेरअनुसार तिर्ने प्रिमियममा फरक पर्ने बीमा कम्पनीहरुले जनाएका छन् ।

यतिबेला सबै बीमा कम्पनीहरुले बीमा लेख खरीद गर्ने कसलै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च बापत बरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वसका साथ यो लाभको योजना सुरु गरेको जनाएका छन् ।

घातक रोगका लागि ५० लाखसम्मको बीमा हुँदै आएको छ ।

घातक रोगहरुमा कडा प्रकृतिको क्यान्सर, ओपन चेस्ट सिएबिजि, कडा प्रकृतिको पहिलो हृदयघात, निरन्तर डायलासिसको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता (किड्नी फेलर), बोन म्यारो प्रत्यारोपण, स्थायी लक्षणको रुपमा देखिएको मष्तिष्क घात, स्थायी रुपले भएको हातखुट्टाको पक्षघात, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मतका लागि हुने गरेको छ ।

साथै अन्तिम चरणको कलेजो रोग, बोल्ने क्षमता गुमेमा, मेजर बर्न (पोलेको), विशेष कडा प्रकृतिको कोमा, ५० वर्ष उमेर अघिको अल्जाइमर्स, ५० वषए उमेर अघि सम्मको पर्किन्सन्स, बहिरोपना, निरन्तर लक्षणसहितको मल्टिपल स्क्लेरोसिस, बेनाइन ब्रेन ट्युमर जस्ता रोगहरु रहेका छन् ।

अन्य देशमा लामो समयदेखि यो लाभ सुरु भएपनि नेपालमा भने नयाँ हो छ । यो नयाँ लाभ भएपछि सबै बीमितहरु यो लाभ लिने पाउने वा नपाउने भन्ने विषयमा चर्चा पनि सुरु भएको छ ।

बीमा समितिका एक अधिकारीका अनुसार अब बिमीतहरु पहिला भन्दा निकै जानकार रहेकाले उनीहरुले नै आफूले कुन–कुन लाभ पाउने हो भन्ने चासो राख्ने गरेका छन् ।

अधिकारीले भने, ‘अब बीमा कम्पनीहरुले बीमा गराउँदा लाभ दिन्छु भन्ने पछि विभिन्न बाहना बाजी गर्ने समय छैन, बीमित निकै सचेत बनिसकेका छन् ।’

Publish on: