काठमाडौं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च ६६ हजा ३ सय पुगेको छ । आइतबार बजारमा सुनको कारोबार प्रतितोला ६६ हजार ३ सय पुगेको हो ।
तीज अगाडि सुनकाे भाउ आकासिँदा उपभाेक्ता मारमा परेका छन् । नेपाल सुन चाँदी व्यवसायी संघले आइतबारका लागि छापाबाला सुनको मूल्य प्रतितोला ६६ हजार ३ सय निर्धारण गरेको हो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ६६ हजार पुगेको छ । अमेरिका इरानबीचको बढ्दो तनाव र अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्वले सुनको भाउ आकासिएको हो ।
SHARE YOUR THOUGHTS