सरकारले गर्यो ८ जनाकाे नेपाली नागरिकता रद्द « Eglish Khabarhub

सरकारले गर्यो ८ जनाकाे नेपाली नागरिकता रद्द




काठमाडौं । सरकारले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने ८ जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले दिएको जानकारी अनुसार झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने ८ जनाको नागरिकता रद्द गरिएको हो ।

त्यसरी नागरिकता लिनेमा अशोक शाह, विन्दे महतो, तानादेवी महतो, सोसिल महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो छन् ।

उनीहरुलाई प्रदान गरिएको नेपाली नागरिकता रद्द गरी नेपाली नागरिकता नरहेने गरी हटाइएको बास्कोटाले बताए ।

Publish on: