यातायातको सिन्डिकेट तोड्न रोक्का गरिएको बैंक खाताको रकम रुपान्तरित कम्पनीमा सारिने « Eglish Khabarhub

यातायातको सिन्डिकेट तोड्न रोक्का गरिएको बैंक खाताको रकम रुपान्तरित कम्पनीमा सारिने



काठमाडौं । सरकारले गत वर्ष यातायात व्यवसायीहरुको रोक्का गरिएको बैंक खाताको रकम रुपान्तरिक कम्पनीमा सार्ने निर्णय गरेको छ ।

गत साउन १६ गते मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार कम्पनीमा रुपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तिरिक कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो ।

२०७४ साल चैतमा सरकारले सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो । त्यसपछि व्यवसायीहरु कम्पनीमा जान बाध्य भएका थिए ।

कम्पनीमा जान बाध्य भएपछि व्यवसायीहरुले बैंकबाट रकम निकाल्न थालेका थिए । तर सरकारले २०७५ बैंशाख १२ गते व्यवसायीहरुको बैंक खाता रोक्का गरेको थियो । बैशाखमा तत्कालिन समयमा २४५ वटा कम्पनीको खाता रोक्का गरिएको थियो ।

तत्कालिन समयमा प्रदेश १ मा ३५ वटा। २ मा १० वटा समितिका खाता रोक्का गरिएको थियो ।

त्यस्तै, प्रदेश नम्बर ३ मा ११८ वटा, ४ मा २४ वटा, ५ मा ४० वटा ६ मा १२ वटा र ७ मा ९ वटा यातायात व्यवसायी समितिका बैंक खाता रोक्का गरिएको थियो ।

Publish on: