बैंक तथा वित्तीय संस्थाले अब अनिवार्य रुपमा नेपाली भाषामा सामग्री दिनुपर्ने « Eglish Khabarhub

बैंक तथा वित्तीय संस्थाले अब अनिवार्य रुपमा नेपाली भाषामा सामग्री दिनुपर्ने




काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले वेवसाइटमा अनिवार्य रुपमा नेपाली भाषामा सामग्री सार्वजनिक गर्न निर्देशन दिएको छ ।

सोमबार राष्ट्र बैंक बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक निर्देशिकामा उक्त कुरा उल्लेख गरिएको छ ।

निर्देशिकामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा अडियो नोटिस बोर्डबाट सेवा उपलब्ध गराउनुपर्ने छ ।’ त्यस्तै, यस्तो सेवा उपलब्ध गराएवापत सेवाग्राहीसँग कुनै शुल्क लिन नपाइने उल्लेख छ ।

निर्देशिकामा बैंक तथा वित्तीय संस्थाले अब अनिवार्यरुपमा यो व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ । वेवसाइटमार्फत हाल सार्वजनिक भएका सामग्री २०७६ पुस मसान्तसम्म नेपाली भाषामा सार्वजनिक गर्न निर्देशन समेत दिएको छ ।

Publish on: