दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो « Eglish Khabarhub

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो



काठमाडौं । शनिबारदेखि दूधको मूल्य बढ्ने भएको छ । दूग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक शैलेन्द्र कुमार घिमिरेले शनिबारदेखि दुधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढ्ने जानकारी दिए ।

कृषि मन्त्रालयले प्रतिलिटर ६ रूपैयाँ बढाउन मिल्ने गरी सिफारिस गरेको थियो । त्यसपछि संस्थानले आजै बैठक बसेर मूल्य बढाएको हो ।

यसअघि कृषिमन्त्री चक्रपाणी खनालले दूधको मूल्य ६ रूपैयाँले बढाउने फाइल स्वीकृत गरेका थिए ।

बढेको दूधको मूल्यको ६९ प्रतिशत किसानले र बाँकी ३१ प्रतिशत उद्योगी/व्यवसायीले पाउने छन् ।

गाईवस्तुको दाना-चोकरको मूल्य बढेकाले दूधको पनि मूल्य बढाइएको हो । यसअघि किसानहरुले लामो समयसम्म दूधको मूल्य बढाउन दबाब दिएका थिए । कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले मूल्य निर्धारण गर्नका लागि सुझाव दिएको थियो ।

Publish on: