काठमाडौं । त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलमा कन्भेअर बेल्ट सुरु भएको छ । यसले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रा गर्ने यात्रुलाई सहज हुने भएको छ ।
शुक्रबार बिहान पर्यटनमन्त्री योगेशकुमार भट्टराईले रिबन काटेर कन्भेअर बेल्टको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कन्भेअर बेल्टको सुरुवातले यात्रुलाई लगेजमा सहज हुने बताए । साथै उनले आगामी दिनमा राजधानी बाहिरका सबै विमानस्थललाई अत्याधुनिक प्रविधि जडान गरी यात्रुलाई थप सेवा दिन सरकार लागेको बताए ।
विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले कन्भेअर बेल्ट सुरुवात हुँदा यात्रुले अब २ मिनेटभित्रै सामान पाउने बताए । ‘पहिले एक÷एक सामान पहिचान गरेर दिँदा यात्रुलाई १० मिनेटसम्म लाग्थ्यो भने अब त्यो समस्या हटेको छ ।’
सरकारले विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने योजना अन्तर्गत उक्त कन्भेअर बेल्ट निर्माण गरिएको हो ।
क्षेत्रीका अनुसार कन्भेअर बेल्ट बनाउका लागि एक महिना समय लागेको थियो भने २ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो ।
प्रतिक्रिया