दीर्घकालको लागि सेयर किन्दा नेपाल लाइफमा घाटा छैन, पूँजीसँगै व्यवसाय बढ्यो « Eglish Khabarhub

दीर्घकालको लागि सेयर किन्दा नेपाल लाइफमा घाटा छैन, पूँजीसँगै व्यवसाय बढ्यो



नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको लेखा परीक्षण नभएको चौंथो त्रैमासमा ५२ करोड ३२ लाख रुपैंया नाफा कमाएको छ । यो नाफा एक्चुरियल भ्यालुएसन बिना हो । भ्यालुएसनपछि जीवन बीमा कम्पनीको नाफा बढ्ने गर्छ ।

अघिल्लो वर्षको लेखा परीक्षित चौथो त्रैमासमा १ अर्व ११ करोड १२ लाख रुपैंया खुद नाफा कमाएको थियो । यो भ्यालुएसनपछिको नाफा हो ।

असार मसान्तसम्ममा जीवन बीमा कोषमा ३१.८० प्रतिशतले वृद्धि गरेर ६५ अर्ब ३६ करोड ७४ लाख रुपैयाँ, जगेडा कोषमा १९.१२ प्रतिशतले घटेर २ अर्ब ४३ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४३ करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको चौंथो त्रैमासमा नेपाल लाईफको जीवन बीमा कोषमा ४९ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब १ करोड २७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४३ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

गत वर्ष २५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी ५ अर्ब ४९ करोेड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ । नाफाको कमिले प्रतिसेयर आम्दानीमा १२.६६ प्रतिशतले घटेर ९ रुपैयाँ ५२ पैसा पुग्यो भने गत वर्ष यसै अवधिमा भने प्रतिसेयर आम्दानी १० रुपैयाँ २९ पैसा रहेको थियो । प्रतिसेयर नेटवर्थ पनि १९.३९ प्रतिशतले घटेर १ सय ४४ रुपैंयाले पुगेको छ । गत वर्षको सोहि अवधिमा १ सय ७९ रुपैयाँ २८ पैसा थियो ।

जीवन बीमा कम्पनीहरु नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा चुक्ता पुँजी रहेको छ । नेपाल लाइफले गत आवको अन्त्यसम्ममा ७ अर्ब ९९ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम ७५ लाख ९३ हजार रुपैयाँ छ । विमामा लेख संख्या ११ प्रतिशतले बढेर १२ लाख ८० हजार पुगेको छ भने दावी भुक्तानी रकम पनि २२.५ प्रतिशतले बढेर ७ अर्व ५९ करोड रुपैंया पुगेको छ ।

फ्लोरसिटबाट हेर्दा करिव ३ महिनाको समय अवधिमा ब्रोकर न ३४,४,२८,४९ बाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य ८९० तथा ८७३ को तहमा ३० हजार देखि ६२ हजार कित्ता शेयर कारोवार भएको छ । त्यसले पनि यी मूल्यको आफै बलियो अवरोध मान्न सकिन्छ ।

प्राविधिक विश्लेषण

जीवन बीमा कम्पनीहरुमा वित्तीय अवस्था मजबुत भएको तथा हरेक वर्ष २५ ५ बोनस शेयर तथा आकर्षक नगद लाभांस दिदै आएको नेपाल लाईफले घटेको छ । अर्को शब्दमा भन्नु भन्दा नेप्से परिसूचक वियारिश बाटो लिएपछि नेपाल लाइफ इन्स्योरेन्सको मूल्य पनि त्यसको चपेटा पनि आएको हो । यस वर्ष अप्रिल महिनामा ११०० पुगे पछि साता अन्तिम दिन कारोवार बन्द हुँदा सम्म ७५० मा आईपुगेको छ ।

साप्ताहिक प्राविधिक परिसूचक

मैनबती आकृति विश्लेषण
साप्ताहिक मैनबत्ती आकृतिले खरिदकर्ता तथा विक्रीकर्ताको मनोविज्ञान दर्शाउछ । बिहिवार कारोबार बन्द हुदा ३ रुपैयाँ मात्र बढेको हुँदा दोजी आकृतिको बनेको छ । यस्तो मैनबत्ति आकृतिमा बीचको वडी सानो हुन्छ भने माथि तथा तल स्याडो हुन्छ । दोजी आकृति मैनबत्तीले अन्योलता दर्शाउछ ।

१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)
१४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स (आरएसआई)ले अधिक खरीद (ओभरशोल्ड जोन) वा अधिक बिक्रि (ओभरबट जोन) को परिमाण मापन गर्दछ। कम्पनीको १४ दिने रिलेटिव स्ट्रेन्थ इन्डेक्स ३० बाट २५ को स्केल आएको छ । नेपाल लाईफ अधिक बिक्रि (ओभरबट जोन) प्रवेश गरेको छ । ओभरबट जोनबाट १४ दिने आरएसआई टर्न हुदा मूल्य बढ्ने सम्भावना निकै प्रबल हुन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एम एसी डीमा दुई ओटा रेखा हुन्छन । एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । एम.ए.सी.डी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेत र एम.ए.सी.डी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेत गर्दछ । मे महिनामा एमएसिडीले सिग्नल लाईनले वियारिश क्रस गएको थियो । यस साताको अन्तिम दिन सम्म यहि प्रक्रिया निरन्तर पाएर शुन्य लाईन भन्दा तल पुगेको छ । यसले पनि खरिद भन्दा बिक्रि चाप बढी रहेको देखिन्छ ।

कमोडीटि च्यानल इन्डेस्क

कमोडीटि च्यानल इन्डेस्कले ऋणात्मक २२७ को स्केलबाट बढेर ऋणात्मक १४९ को स्केलमा आएको देखाउछ । यसले बैङ्कको विस्तार स्थिरता बढ्ने सम्भावना हुन्छ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ ।यदि बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर ,मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलाटिलिटी मापन गर्दछ । नेपाल लाईफको चार्ट हेर्दा तल्लो ब्याण्डलाई ब्रेक गरेर घटिरहेको छ । यसको कारणले खरिदको लागि केहि समयको लागि कुर्नु बुद्धिमानी हुन्छ ।

निस्कर्ष

जीवन बीमा कम्पनीहरुमा नेपाल लाईफको सबै भन्दा रामो वित्तीय अवस्था रहेको छ । जीवन बीमा कोष ३१.५, प्रिमियम संकलन ४३.५ बीमा लेख संख्या ११.५ ले वृद्धि हुनुले एक्चुरियल भ्यालुएसनपछि वित्तीय विवरण राम्रो हुने देखिन्छ । अहिले मूल्य नेपाल लाईफ २०१२ यताको न्युनको तह देखिन्छ । कम्पनी मूल्य घट्नुमा समग्र बजार प्रभाव साथै बोनस शेयरले मूल्य समायोजनले पनि ठुलो असर परेको देखिन्छ । सबै प्राविधिक सूचकले पर्ख र हेर संकेत देखिन्छ । तत्कालको लागि ६५० देखि ७०० को तहमा बलियो टेवा रहेको छ । यी सबै तथ्यलाई मूल्य घटेपनि दिर्घकाल लागि लगानी गर्ने राम्रो कम्पनी हो ।

कम्पनीको तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणको आधारमा गरिने लाभहानीमा क्लिकमाण्डू जिम्मेवार हुने छैन

Publish on: