२८ मंसिर २०८२, शनिबार

माछापुच्छ्रे बैंकको कार्डबाट भाटभाटेनीमा सपिङ गर्दा ४ हजार रुपैयाँ फिर्ता पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकको कार्ड बोक्ने ग्राहकले देशभरका भाटभाटेनी सुपर मार्केटमा सपिङ गर्दा १० प्रतिशतसम्म नगद फिर्ता पाउने छन् । नेपालीहरुको महान चाड दशैं, तिहार र छठको अवसरमा बैंकले ग्राहक लक्षित यस्तो बम्पर योजना ल्याएको हो ।

यो योजना आज (असोज १२) देखि शुरु भएको कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ । बैंकले एकजना नयाँ कार्डधारीलाई अधिकतम ४ हजार रुपैयाँसम्म नगद फिर्ता दिनेछ भने पूराना कार्डधारीलाई ३ हजार रुपैयाँसम्म फिर्ता गर्नेछ ।

बैंकका ३ लाख कार्ड प्रयोगकर्ता छन् । एकजना कार्डधारीले ३ देखि ४ हजार रुपैयाँ फिर्ता पाउने भएकाले सबै ग्राहकले कार्ड प्रयोग गरेर भाटभाटेनीबाट सामान किनेभने बैंकले १ अर्ब रुपैयाँको हाराहारीमा फिर्ता गर्नुपर्ने हुन्छ । सबै प्रकारका कार्डधनीले यस्तो सुविधा पाउने छन् ।

ग्राहकलाई कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने नीति अनुसार कार्डधारीलाई दशैं, तिहार र छठ जस्ता महान पर्वहरुको अवसरमा विशेष छुटको व्यवस्था गरिएको डेपुटी सीइओ सन्तोष कोइरालाले जानकारी दिए ।

‘सरकारको डिजिटल कारोबार बढाउने अभियानमा हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौं,’ कोइरालाले क्लिकमाण्डूसँग भने ।

माछापुच्छ्रे बैंकका ग्राहकले कार्डको प्रयोग गरी भाटभाटेनीमा लुगा/जुत्ता लगायतका सामान किन्दा १० प्रतिशत नगद फिर्ता पाउँछन् भने अन्य घरयासी सामान किन्दा ५ प्रतिशत छुट पाउँछन् । यस्तो छुट पाउनका लागि कम्तिमा १ हजार रुपैयाँको सामान किन्नुपर्ने छ ।

‘हामीले भाटभाटेनीमा स्टल नै राखेर काम गरिरहेका छौं,’ कोइरालाले भने, ‘हाम्रो यो स्किमले किनमेलको रौनक छाएको प्रष्ट देख्न सकिन्छ ।’

बैंकिङ कारोबार शुरु गरेकोे १९ वर्ष पुरा गरी २०औं बर्षमा प्रवेशको उपलक्ष्यमा माछापुच्छ्रेले असोज महिनाभरी सम्पूर्ण शाखाहरुमार्फत् विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गरिरहेको छ ।

बैंकले ग्राहकलाई असोज महिनाभर निःशुल्क डेबिट कार्ड प्रदान गर्ने र डिम्याट खाता तथा मेरो सेयर खाता निःशुल्क रुपमा खोलिदिनेछ ।

त्यसैगरी, यो योजना अवधिभर लकर सुविधा लिन चाहने ग्राहकलाई ५० प्रतिशत छुट, ५ वा ५ जना भन्दा वढिको समुहमा क्रेडिट कार्ड लिनेलाई कार्ड जारी शुल्कमा शतप्रतिशत छुट, बैंकको डलर कार्ड जारी शुल्कमा पनि ५० प्रतिशत छुट, आइएनआर/युएसडी र ट्राभल ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत र गुड फर पेमेन्टमा पनि ५० प्रतिशत छुट लगायतका अन्य थुपै सुविधा प्रदान गर्नेछ ।

देशभर बैंकका १३७ वटा शाखा, १२८ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २६५ स्थानबाट र १६० वटा एटीएमहरुमार्फत् ग्राहकलाई बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।