काठमाडौं । पर्यटन वर्षको उत्कृष्ट लोगो बनाउनेलाई सरकारले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
प्रदेश नम्बर ५ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्राकृतिक, धार्मिक, सांस्कृतिक जैविक एवम एतिहासिक महत्व भएका सम्पदाको चित्रण गरी उत्कृष्ट लोगो बनाउनेलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो ।
प्रदेश नम्बर ५ का प्रसिद्ध पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरी पर्यटन प्रबद्र्धनको कार्यलाई प्रभावकारी बनाउन ब्राण्डको माध्यमबाट पर्यटन उद्योगको प्रबद्र्धन गर्न लागिएको हो ।
वस्तु तथा सेवाको सहज पहिचान गराउनुका साथै उपभोक्ताको आत्मसम्मान र आत्मविश्वासमा प्रबद्र्धन गरी बजारिकरणका लागि प्रदेशको आफ्नै लोगो विकास गर्न लागिएको प्रदेश नम्बर ५ को उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
ब्राण्ड नामले प्रदेश नम्बर ५ को पर्यटन प्रबद्र्धनको सन्देश बोकेको हुनुपर्ने छ । ब्राण्डले प्रदेशको प्राकृतिक, सास्कृतिक, जैविक, धार्मिक एवम एतिहासिक विविधतालाई अधिकतमरुपमा चित्रण गर्नुपर्नेछ । भने ब्राण्ड नाम मौलिक एवम आकर्षक हुनुपर्ने जसले प्रदेशको सन्तुलित मूल्य र मान्यतालाई प्रतिविम्बित गर्न सक्नुपर्नेछ ।
त्यस्तै, ब्राण्डमा प्रयोग गरिएको रंग, फन्ट र कलाकृति सरल र सुहाउँदो किसिमको हुनुपर्नेछ । उक्त ब्राण्डलाई मूख्य ब्राण्डिङ टुलका रुपमा प्रयोग गरिने र विभिन्न उत्साहित सामाजिक सञ्जाल र अन्य सामग्रीमा विशेष रुपमा प्रयोग गरिनेछ ।
अंग्रेजी वा नेपाली भाषामा रहने उक्त ब्राण्डको सारलाई आत्मसाथ गरी आवश्यक रुपमा परिमार्जन गर्न सकिनेछ । यस्तै, सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कार्यालय समयमा ब्राण्डको नाम डिजाइन र पूर्ण विवरण उल्लेख गर्नुपर्ने सूचनामा उल्लेख छ ।
SHARE YOUR THOUGHTS