काठमाडौं । पूर्व माओवादी कार्यकर्ता लेनिन विस्टलाई सरकारले त्रिभुवन विमानस्थलबाट फर्काएको घटनालाई सर्वोच्च अदालतले असंवैधानिक भएको फैसला गरेको छ ।
सर्वोच्च अदालतले त्रिभुवन विमानस्थलबाट फर्काइएका पूर्व माओवादी कार्यकर्ता विष्टलाई फर्काउने सरकारको निर्णय असंवैधानिक भएको भन्दै बिहीबार फैसला गरेको हो ।
न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज थाइल्याण्ड जान लागेका बेला विमानस्थलबाट फर्काउने कार्य असंवैधानिक भएको फैसला गरेको हो ।
फैसलामा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्ररुपमा आवतजावत गर्ने अधिकारलाई बन्देज गर्न नहुने र आगामी दिनमा निजविरुद्ध कुनै पनि यस्ता कार्य गर्नु नहुने उल्लेख छ ।
थाइल्याण्डको एउटा कार्यक्रममा गत २०७५ भदौ ८ जान लागेका विष्टलाई विमानस्थलबाट फर्काउने सरकारको निर्णयविरुद्ध विष्टले २०७५ भदौ १४ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
SHARE YOUR THOUGHTS