अब क्रिकेटमा पनि ‘रेड कार्ड’ देखाईने « Eglish Khabarhub

अब क्रिकेटमा पनि ‘रेड कार्ड’ देखाईने



cricket
काठमाडौं । क्रिकेट मैदानमा खेलाडीहरु बीच हुने झगडालाई नियन्त्रण गर्नका लागि क्रिकेटमा नयाँ नियम आउँने भएको छ । । फुटबल मैदानमा फुटबल खेलाडीले खेल भावना विपरीत कार्य गरेमा सजाय स्वरुप प्रदान गरिने रातो कार्ड अर्थात ‘रेड कार्ड’ क्रिकेटमा पनि देखाइने व्यवस्था आउन लागेका हो ।

यसका साथै क्रिकेटमा ब्याटसम्यान हाबी हुँदै गएकाले क्रिकेट ब्याटको आकारलाई पनि निश्चित मापदण्ड तोकिने भएको छ । यी दुई परिवर्तन आगामी वर्षबाट क्रिकेट मैदानमा देख्न सकिन्छ ।

मेलबोर्न क्रिकेट क्ल्ब (एमसीसी) ले वर्ड क्रिकेट कमीटिलाई दिएको सुझावमा खेलाडीले खेल भावना विपरीत कार्य गरेमा एम्पायरले खेललाई आफ्नो नियन्त्रण बाहिर जान नदिनका लागि खेलाडीलाई मैदान बाहिर पठाउन सक्ने अधिकार दिनुपर्छ भनेको छ ।

एमसीसी क्रिकेट नियमको संरक्षक संस्था हो । यदि एमसीसीको मु्ख्य समितीले यो परिवर्तको पक्षमा रहेको खण्डमा १ अक्टोबर २०१७ क्रिकेटको क्षेत्रमा नयाँ नियम लागु हुनेछ ।

नयाँ नियम लागु भएमा खेलाडीले एम्पायर, विपक्ष खेलाडी र दर्शकलाई तर्साएमा वा हानी पु¥याएमा एम्पायरले खेलाडीलाई मैदान बाहिर पठाउन सक्छन् ।

Publish on: