दोलखा । यहाँका छ गाविसका सम्पूर्ण भूकम्पपीडितसँग अनुदान सम्झौताको काम सकिएको छ ।
जिविस दोलखाका सूचना अधिकृत विक्रम कार्कीका अनुसार गौरीशङ्कर, लादुक, ओराङ, बाबरे, लापिलाङ र सहरे गाविसका सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । गौरीशङ्करका लाभग्राही सूचीमा नाम समावेश भएका करिब तीन सय ७१ घरधुरीमध्ये सबै घरधुरीले अनुदान सम्झौता गरेको कार्कीले बताए ।
यसैगरी लादुकमा करिब एक हजार २५ घरधुरी रहेकामा सबैले अनुदान सम्झौता भइसकेको तथा ओराङमा रहेका चार सय ८६ घरधुरी रहेकामा ती सबैले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामा निकासा गरिएको जिविस जनाएको छ ।
यसैगरी सहरेका आठ सय ६० घरधुरी र बाबरे गाविसका एक हजार ४५ घरधुरी र लापिलाङ गाविसका एक हजार ४१३ घरधुरीमध्ये सबै घरधुरीसँग अनुदान सम्झौताको काम सम्पन्न भएको जिविसले जनाएको छ ।
अनुदान सम्झौताको काम सुरु भएको दुई नगरपालिकासहित ४६ गाविसमध्ये छ गाविसमा मात्रै सम्पूर्ण पीडितसँग अनुदान सम्झौताको काम सकिएको हो । अन्य गाविसमा पनि अनुदान सम्झौताको काम करिब करिब अन्तिम चरणमा पुगेको तर कतिपय घरमूली जिल्ला बाहिर रहेकाको बाँकी रहेको बताइएको छ । रासस
SHARE YOUR THOUGHTS