भारतीय बजेटको प्राथमिकता कृषिमा, कस्तो पर्ला नेपालमा यसको प्रभाव ? « Eglish Khabarhub

भारतीय बजेटको प्राथमिकता कृषिमा, कस्तो पर्ला नेपालमा यसको प्रभाव ?



काठमाडौं । भारतले सन् २०१७/१८ को बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूलो रकम समेत बिनियोजन गरेको छ ।

भारतीय बजेटले कृषि तथा सम्बद्ध क्षेत्रमा १ लाख ८७ हजार २ सय २३ करोड भारु बजेट बिनियोजन गरेको छ । यसले आगामी ५ बर्षमा भारतीय किसानहरुको आय दुई गुणा हुने बताइएको छ । साथै, कृषि कर्जा १० लाख करोड भारु पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।

नेपालले आफ्नो खाद्यान्न निर्यातको तुलनामा ठूलो मात्रामा भारतबाट आयात गर्ने हुँदा भारतीय किसानको उत्पादकत्व आगामी दिनमा अझ बढ्दै जाँदा नेपालको निर्यात अझै खुम्चने संभावना छ, भने भारतीय उत्पादन सँग नेपाली उत्पादनले आगामी दिनमा प्रतिस्पर्धा गर्नै नसक्ने स्थिति आउन सक्छ ।

भारतीय मन्त्रीपरिषद्ले पनि कृषि सम्बद्ध कर्जाको समय सिमा बढाएर १५ देखि २० बर्ष पुर्याएको छ । ‘किसान, ग्रामीण रोजगारी र पूवार्धार बिकास २०१७ को बजेटको मुल क्षेत्रहरु हुन्’ भारतीय बित्त मन्त्री अरुण जेट्लीले भने, ‘ सरकार किसान सँग नजिक रहेर काम गर्दै उनीहरुको जिवनस्तर र बातावरण उकास्न उद्दत छ । कृषि उत्पादन ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ’

बातावरणमा बिशेष ध्यान दिंदै बजेटले ‘सोइल हैल्थ कार्ड’ समेत जारी गर्ने भएको छ, जसले माटोको स्वास्थ्य जाँच्दै त्यस्को स्त्तरोन्नतीको लागि काम गर्न मद्दत गर्छ । र, माटोको उत्पादकत्व बढाउन समेत मद्दत गर्छ । त्यसैगरि सिँचाइ र डेरी प्रशोधनको क्षेत्रमा समेत ठूलो बजेट बिनियोजन गरेको छ ।

भारतले कृषि र किसानमा ठूलो लगानी गर्ने भए पछि नेपालमा त्यसको कस्तो प्रभाव पर्ला भन्ने चासोको बिषय भएको छ ।

खासगरी ठूलो रकम अनुदान पाउने भारतीय कृषि उपजसँग नेपाली कृषि उपजले प्रतिस्पर्धा गर्न सक्दैन् । सरकारले कृषि बिमा तथा कृषि क्षेत्रमा लाग्नेको लागि ब्याज अनुदानको व्यवस्था गरेपनि कृषि उपजको आयात हरेक वर्ष बढ्दो छ ।

नेपालले आफ्नो खाद्यान्न निर्यातको तुलनामा ठूलो मात्रामा भारतबाट आयात गर्ने हुँदा भारतीय किसानको उत्पादकत्व आगामी दिनमा अझ बढ्दै जाँदा नेपालको निर्यात अझै खुम्चने संभावना छ, भने भारतीय उत्पादन सँग नेपाली उत्पादनले आगामी दिनमा प्रतिस्पर्धा गर्नै नसक्ने स्थिति आउन सक्छ । तसर्थ अबका दिनमा कृषि क्षेत्रमा ऋण प्रवाह बढाउनु र सरकारी अनुदान पनि बढाउनुका साथै किसानको र माटोको उत्पादकत्व समेत बढाउन बिशेष ध्यान दिन अत्यावश्यक रहेको विश्लेषकहरुको भनाई छ ।

आज आएको भारतीय बजेटले मोवाइल फोन, पान मसला, गुड्खालगायतका बस्तुमा कर बढाएको छ ।

जसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने छ । हामी कहाँ आउने ती बस्तुहरु प्रायः भारतबाट नै आउने गरेका छन् । रेलको ई टिकेटमा लाग्दै आएको सर्भिस ट्याक्स् पूर्णरुपमा हटाईएको छ, जसको फाईदा नेपालबाट रेलको टिर्कट काट्नेलाई हुने छ ।

Publish on: